
नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान लगभग 10:30 बजे भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट ग्लोबल म्यारीटाइम इण्डिया समिट (जीएमआईएस)- 2023 को तेस्रो संस्करणको उद्घाटन गर्नेछन्।
यो शिखर सम्मेलन 17 देखि 19 अक्टोबरसम्म मुम्बईको एमएमआरडीए मैदानमा आयोजना भइरहेको छ। यस तीन दिवसीय शिखर सम्मेलनमा भविष्यका बन्दरगाहहरू सहित समुद्री क्षेत्रका प्रमुख मुद्दाहरूमाथि चर्चा अनि विचार-विमर्श गरिनेछ। यो शिखर सम्मेलनले देशको समुद्री क्षेत्रमा निवेशलाई आकर्षित गर्नको लागि एक उत्कृष्ट मञ्च प्रदान गर्नेछ।
यस कार्यक्रममा प्रधानमन्त्रीले भारतीय समुद्री ‘ब्लू’ अर्थव्यवस्थाको लागि दीर्घकालिक खाका ‘अमृत काल भिजन- 2047’ -को अनावरण गर्नेछन्। प्रधानमन्त्रीले यस भविष्यवादी योजना अनुरूप 23 हजार करोड़ रुपियाँभन्दा अधिकका परियोजनाहरूको उद्घाटन गरी राष्ट्रप्रति समर्पित गर्नेछन् साथै कतिपय परियोजनाहरूको आधारशिला राख्नेछन्।
यो शिखर सम्मेलन देशको सबैभन्दा विशाल समुद्री कार्यक्रम हो। यसमा यूरोप, अफ्रिका, दक्षिण अमेरिका, एशिया (मध्य एशिया, मध्य पूर्व औ बिम्सटेक क्षेत्र सहित) देशहरूको प्रतिनिधित्व गर्ने संसारभरिका मन्त्रीहरूले भाग लिनेछन्। शिखर सम्मेलनमा दुनियाँभरिबाट वैश्विक सीईओ, व्यापारिक नेता, निवेशक, अधिकारी तथा अन्य हितधारकहरूले पनि भाग लिनेछन्। यस अतिरिक्त शिखर सम्मेलनमा धेरैवटा भारतीय राज्यहरूको प्रतिनिधित्व मन्त्री एवं अन्य गण्यमान्य व्यक्तिहरूद्वारा गरिनेछ।
प्रधानमन्त्रीले गुजरातको दीनदयाल बन्दरगाह प्राधिकरणमा 4,500 करोड़ रुपियाँभन्दा अधिकको लागतमा निर्माण हुने टुना टेकरा अल वेदर डीप ड्राफ्ट टर्मिनलको आधारशिला राख्नेछन्। यस अत्याधुनिक ग्रीनफिल्ड टर्मिनललाई पीपीपी मोडमा विकसित गरिनेछ। यो टर्मिनल अन्तरराष्ट्रिय व्यापार केन्द्रको रूपमा उदाउने सम्भावना छ। यसले 18,000 बीस-फुट समतुल्य एकाई (टीईयू)-भन्दा अधिकको आगामी पिँढ़ीका जहाजहरूलाई सम्हाल्नेछ अनि भारतले मध्य-पूर्व यूरोप आर्थिक जगत (आईएमईईसी)-को माध्यमबाट भारतीय व्यापारको लागि प्रवेशद्वारको रूपमा कार्य गर्नेछ। कार्यक्रम अवधि प्रधानमन्त्रीले समुद्री क्षेत्रमा वैश्विक औ राष्ट्रिय साझेदारीको लागि 7 लाख करोड़भन्दा अधिकको 300 भन्दा अधिक समझौता ज्ञापन (एमओयू)-लाई पनि समर्पित गर्नेछन्।
उल्लेखनीय छ, पहिलो म्यारीटाइम इण्डिया शिखर सम्मेलन- 2016 मा मुम्बईमा आयोजना गरिएको थियो। दोस्रो समुद्री शिखर सम्मेलन भर्चुअल माध्यमबाट 2021-मा आयोजना गरिएको थियो।
हिन्दुस्थान समाचार/उष्णता
