सिलगढी, 12 जनवरी (हि.स.)। सिलगढी महकुमाको नक्सलबाडीको मंगलसिंह जोतस्थित एउटा घरबाट एक व्यक्तिको झुण्डिरहेको शव भेटिएको छ। मृतक व्यक्तिको नाम लौधा उरांव (59) बताइएको छ। उनी घरमा एक्लै बस्ने गर्थे।
स्थानीय मानिसहरूले भने, शुक्रवार बिहान लौधा उरांवलाई घरभित्र झुण्डिरहेको भेटियो। सूचना पाएर नक्सलबाडी थानाको पुलिस घटनास्थलमा आइपुग्यो र शव पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिस घटनाको जॉंचमा जुटेको छ।
स्थानीय मानिसहरू अनुसार, लौधा उरांवको छोरा कामको क्रममा बाहिर बस्छन्। यस कारण उनी घरमा एक्लै थिए। मानसिक तनाउका कारण उसले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान लगाइएको छ।
हिन्दुस्थान समाचार/भवानी
