खरसाङ, 13 जनवरी (हि.स.)। खरसाड नगरपालिका अन्तर्गत वार्ड नम्बर 13 मन्टिभियट रोडस्थित स्थानीय एउटा घरमा आज बिहान लगभग 11:30 बजी आगो लाग्यो। उक्त घरका मालिक लकीप्रसाद गुरूङ (महादेव गुरूङ) बताइएको छ।
प्राप्त जानकारी अनुसार, परिवार घर बन्द गरि केही दिनअघि बाहिर गएका छन्। बन्द घरमा कसरी आगलागी भयो भन्ने विषय रहस्यपूर्ण बनेको छ। आगलागी भएको घरमा जम्मा 4 जनाको परिवार बस्दै आएका थिए। आगलागीमा उक्त बिल्डिङको दोस्रो तला जलेर नष्ट भएको छ। अनुमानित 20 लाखभन्दा धेरैको सम्पत्ति क्षति भएको बताइएको छ।
आगलागीको घटना भएको खबर सुन्नसाथ खरसाड अग्निशमन विभागका कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रित गरे। यस घटनामा खरसाड पुलिस थानाका आईसी, ट्राफिक ओसी घटना स्थलमा उपस्थित रहेका थिए भने खरसाड नगरपालिका उपाध्यक्ष सुवास प्रधान, एसएई विशाल सुनुवार पनि घटनास्थलमा पुगेका थिए। उनीहरूले आगलागीको घटना निरीक्षण गरेर खरसाड महकुमा अधिकारीलाई जानकारी गराएको र त्राण विभागका अधिकारीहरूलाई क्षय-क्षतिको जानकारी गराएको बताएका छन्।
हिन्दुस्थान समाचार/हनोक
