गुवाहाटी, 19 दिसम्बर (हि.स.)। लोकसभा चुनाउमा असम प्रदेश कांग्रेसको टिकटको निम्ति अहिलेसम्म 47 उम्मेदवारले आवेदन गरिसकेका छन्। यसमा महिला अभ्यार्थीहरू पनि सामेल छन्। यद्यपि, पार्टीका तीन वर्तमान सांसद भने यसमा सामेल छैनन्। असमको लोकसभामा 14 सीट छन्।
2024 लोकसभा चुनाउमा टिकटको निम्ति पार्टी सदस्यहरूले आवेदन स्वीकार गर्ने समय सीमा मंलगवार समाप्त हुनेछ। आवेदन प्राप्त गर्ने समय सीमा बढाउन सकिने छ, किनकि वर्तमानमा संसद सत्र चलिरहेको छ।
यसै महिनाको शुरूमा असम प्रदेश कांग्रेस कमिटी (एपीसीसी) द्वारा जारी एक आदेश अनुसार, फारम स्वीकार गर्ने प्रक्रिया 11 दिसम्बरमा शुरू भयो। प्रत्येक आवेदकले एक लाख रूपियॉं शुल्क जमा गर्नु आवश्यक छ। कांग्रेसको लक्ष्य 2024 को लोकसभा चुनाउ रहेकाले केही निर्वाचन क्षेत्रहरूमा उम्मेदवार उठाउन जोगिनु पर्नेछ। यस्ता निर्वाचन क्षेत्रको निम्ति आवेदन जमा गर्ने उम्मेदवारहरूको फीस फिता गरिने छ।
उल्लेखनीय छ, 15 पार्टी संयुक्त विपक्षी फोरम असम (यूओएफए) को गठन भारतीय राष्ट्रिय विकासात्मक समावेशी गठबन्धन (इण्डी एलायन्स) को रूपमा गरिएको छ।
हिन्दुस्थान समाचार/बिशाल
