मुम्बई, 08 दिसम्बर (हि.स.)। रिजर्भ ब्याङ्क अफ् इण्डिया (आरबीआई) ले चालू वित्त वर्ष 2023—24 को निम्ति देशको आर्थिक वृद्धि दरको अनुमान बढाएर 7 प्रतिशत गरेको छ। आरबीआईले दरिलो घरेलू माग र विनिर्माण क्षेत्रमा क्षमता प्रयोग बढाउने बिच विकास दरको अनुमानमा वृद्धि गरेको छ।
आरबीआई गवर्नर शक्तिकान्त दासले शुक्रवार यहॉं आयोजित एक प्रेस कन्फ्रेन्समा भने, मौद्रिक नीति समिति (एमपीसी) ले सर्वसम्मतिमा रेपो रेट 6.50 प्रतिशतमा यथावत राखेको छ। उनले मौद्रिक समीक्षा बैठकको परिणामको बारेमा बताउॅंदै चालू वित्त वर्ष 2023—24 मा आर्थिक वृद्धि दर सात प्रतिशत रहने बताए। दिसम्बर तिमाहीमा जीडीपी वृद्धि दर 6.5 प्रतिशत र मार्च तिमाहीमा छ प्रतिशत रहने अनुमान छ।
शक्तिकान्त दासले भने, एमपीसीले मौद्रिक समीक्षामा आगामी वित्त वर्ष 2024—25 को पहिलो तिमाहीको निम्ति जीडीपी वृद्धि दर 6.7, दोस्रो तिमाहीको निम्ति 6.5 प्रतिशत र तेस्रो तिमाहीको निम्ति 6.4 प्रतिशत रहने अनुमान लगाएको छ। यस अघि आरबीआईले वित्त वर्ष 2023—24 मा आर्थिक वृद्धि दर 6.5 प्रतिशत रहने अनुमान लगाएको थियो।
हिन्दुस्थान समाचार/भवानी
