कोलकाता, 23 जून (हि.स.)। पश्चिम बंगालको बाँकुड़ा जिल्लामा सोमवार बिहान भएको एक दुःखदायी घटनामा दुई दाज्यु-भाइ (काका-बड़ाबाउको छोरा)-को मृत्यु भयो। दुर्घटना त्यसबेला भयो जतिबेला बाइकमा सवार भएर काममा गइरहेका दाज्यु-भाइलाई एक द्रूत गतिको पिकअप भ्यानले सोझै ठक्कर दियो। यो दुर्घटना बांँकुड़ाको तालडांगरा थाना क्षेत्रको खालअग्राम ग्राम पञ्चायत अन्तर्गत पाइका गाउँ नजिकमा भएको हो।
मृतकहरूको पहिचान 38 वर्षीय रहमतुल्ला मण्डल र 32 वर्षीय नियामतुल्ला मण्डलको रूपमा भएको छ जो ओंदाको पुनिशोल-आसनबनी गाउँमा बस्थे।
प्राप्त जानकारी अनुसार सोमवार बिहान काठको काम गर्नका लागि दुवै दाज्यु-भाइ बाइक मार्फत रतनपुर-हाडमासड़ा सड़क हुँदै बिबरदा तर्फ गइरहेका थिए। यसै क्रममा पाइका गाउँमा पुगेपछि विरपीत दिशाबाट आइरहेको एक द्रूत गतिको पिकअप भ्यानले उनीहरूको बाइकलाई सोझै ठक्कर दियो।
दुर्घटनाको खबर पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि गम्भीर रूपमा घाइते दुवै युवकलाई तुरून्त तालडांगरा ग्रामीण अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरिदिए।
दुर्घटनापछि पिकअप भ्यानका चालक वाहनलाई घटनास्थलमै छोड़ेर भाग्यो। पुलिसले भ्यानको जाँच शुरू गरेको छ साथै मामिलाको जाँच पनि। दुवै शवलाई पोस्टमर्टम गर्नको लागि बाँकुड़ा सम्मिलनी मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।
स्थानीय मानिसहरूले प्रशासनसित पिकअभ भ्यानलाई चाँड़ै समात्ने अनि द्रूत गतिका वाहनहरूमाथि लगाम कस्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
