गोलाघाट, 14 अप्रेल : असमको गोलाघाट जिल्लाको देरगाउॅंस्थित कोरियानी क्षेत्रमा वन विभागद्वारा गैंडा खेदाउन चलाएको गोली लागेर एक युवक घाइते भए। पुलिस अनुसार, शनिवार एउटा गैंडा खेदाउन वन विभागले चलाएको गोली नसरुद्दीन अहमदको घॉंटीमा लाग्यो। देरगाउॅं पुलिसले घाइते युवकलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरेको छ।
गैंडा खेदाउन चलाएको गोली युवकको घॉंटीमा कसरी लाग्यो भन्ने कुरा रहस्य बनेको छ। अर्कोतिर, स्थानीय मानिसहरू वन विभागप्रति रूष्ट बन्दै घटनाको जॉंच हुनु पर्ने माग गरेका छन्। उनीहरूले यस घटनामा सामेल दोषी वन कर्मीलाई सजाय दिनु पर्ने माग पनि गरेका छन्। पुलिसले शिकायतको आधारमा मामलाको जॉंच गरिरहेको छ।
