गान्तोक, 29 अक्टोबर : टिस्टा नदीमा आएको बाढीले गरेको विनाशको आज 25 दिन पुगिसकेको छ भने हालसम्म ज्यान गुमाउनेहरूको संख्या 42 रहेको छ। यसैगरी, बाढीको चपेटमा परेर बेपत्ता बनेका मानिसहरूको संख्या 77 जना रहेको सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले आफ्नो रिपोर्टमा जनाएको छ।
यस प्रकृतिक प्रकोपको कारण 88 हजार 400 जना प्रभावित बनेका छन्। बाढी प्रभावित मानिसहरूको पुनर्वासको निम्ति सिक्किम सरकारले सिक्किम पुनर्वास आवास योजना घोषणा गरेको छ जसमार्फत 2100 घर अनि सिक्किम जनता हाउजिङ कलोनी योजनामार्फत 2000 घर निर्माण गर्ने भएको छ। यसका लागि राज्य सरकारले 881 करोड़ 91 लाख रुपियाँको धनराशिलाई प्रशासनिक स्वीकृति पनि दिइसकेको छ।
अहिले ती पीड़ितहरूको पुनर्वासहेतु जमीन चिन्हित गर्ने कार्य युद्धस्तरमा चलिरहेको छ। दशैंको समयमा पनि मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयं बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीड़ितहरूको पुनर्वासहेतु गम्भीर बनेको देखियो।
यस बाढ़ीले मोठ 2 हजार 2 वटा घर क्षतिग्रस्त बनाएका छ, जसमध्ये 1 हजार 423 घर पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ। योसँगै 166 वटा पक्का घर अनि 413 कच्चा घर आंशिक रूपले क्षतिग्रस्त बनाएको छ।
बाढ़को चपेटमा परि 33 वटा ठूला, साना पूलहरू क्षतिग्रस्त बनाएका छन् भने 922 वटा दोकानहरू प्रभावित बनाएको रिपोर्टमा बताइएको छ। यसरी नै भाड़ाका घरहरूमा बस्ने 5 हजार 19 जना प्रभावित बनेका छन्।
