चेन्नई, 28 जनवरी : तमिलनाडुको तेनकासीमा आइतवार बिहान एउटा कार र सीमेन्टले भरिएको ट्रक ठोकिॅंदा छजनाको मृत्यु भयो। मृतकहरूको नाम तेनकासी जिल्लाको पुलियानगुडी निवासी कार्तिक, वेल मनोज, सुब्रमणि, मनोकरन, मुथुसेल्वन र बोथिराज बताइएको छ।
जानकारी अनुसार, सबैजना स्नान गर्न कुट्रालम गएका थिए र उनीहरू फर्किरहेका थिए। यस अवधि सिंगिलिपट्टी र पुन्नैयापुरम क्षेत्रमा उनीहरूको कार सीमेन्टले भरिएको एउटा ट्रकसॅंग ठोकियो। दुर्घटनामा पॉंचजनाको घटनास्थलमै मृत्यु भयो भने एक व्यक्तिको अस्पताल लैजाने क्रममा मृत्यु भयो।
पुलिस अधीक्षक टीपी सुरेशकुमारले घटनास्थलको निरीक्षण गरेर घटनाको जॉंचको आदेश दिएका छन्।
