दक्षिण 24 परगना।02 सन्देशखाली काण्ड स्वतन्त्रता पश्चात बंगाललाई बदनाम गराउने सबैभन्दा ठूलो षड़यन्त्र हो। तृणमूल कंग्रेसका महसचिव अभिषेक ब्यनर्जीले शुक्रवार आफ्नो नामांकन पत्र दर्ता गराएपछि भारतीय जनता पार्टी (भाजपा)- माथि यस्तै शैलीमा आक्रमण गरे।
अभिषेक ब्यनर्जी शुक्रवार तृणमूलको डायमण्ड हार्बरबाट लोकसभा उम्मेद्वारको रूपमा नामांकन दर्ता गराउन गएका थिए। नामंकन दर्ता गराएपछि उनले पत्रकारहरूको साक्षात्कारमा सन्देशखाली मुद्दामा भाजपामाथि प्रहार गरे। अभिषेकले भने, ”हामीले गोधराको बारेमा सुन्यौं, हामीले पुलवामाको बारेमा सुन्यौं, हामीलेन सन्देशखालीलाई देख्यौं। सुन्नु एउटा कुरा हो भने देख्नु अर्कै कुरा हो। सन्देशखालीबाट जसरी बंगाललाई कलुषित गरिएको छ, यो भारतको स्वतन्त्रता पश्चात पश्चिम बंगाललाई बदनाम गराउने सबैभन्दा ठूलो षड़यन्त्र हो।”
साथै उनले पुलवामामा सेनाका जवानहरूमाथि भएको आतंकवाही हमलामाथि टिप्पणी गर्दै भने, भाजपाले आफ्नो हित साधनाको लागि पुलवामाको घटना घटायो। यो कुरा हामीले भनिरहेका छैनौं, सत्यपाल मलिकले भनेका हुन् जसलाई भाजपाले राज्यपाल बनाएको थियो।”
तृणमूलले पटक-पटक दाबी गरिरहेको छ, सन्देशखालीका महिलाहरूमाथि दुष्कर्मको गलत आरोप लगाइँदैछ। हालैमा एउटा भीडियो अघि आएको छ जसमा एक महिलाले यो पनि आरोप लगाएकी छन्, उसित जबरजस्ती गरियो (यद्यपि भीडियोको प्रामाणिकताको पुष्टि हिन्दुस्थान समाचारद्वारा गरिएको होइन)।
अभिषेकले प्रधानमन्त्रीमाथि प्रहार गर्दै भने, मैले भाजपाका प्रधानमन्त्रीसित विकासमाथि श्वेत पत्र जारी गर्ने माग गरे। उनले श्वेत पत्र सही दिए। तर त्यस श्वोत पत्रमा सन्देशखालीका महिलाहरूलाई गलत ढंगमा प्रस्तुत गरियो र उनीहरूमाथि बलात्कारको झूटो आरोप लगाइयो।
भाजपामाथि प्रहारसितै आफ्नो जीतको बारेमा सोधिएको प्रश्नमा उनले भने, ”म भोटको लागि लड़िरहेको छु। म कुनै गणितज्ञ होइन कि भोट जित्छु भनेर भनौं। तर जसले काम गर्दछन् उनीहरूलाई खाली हात फर्काउँदैनौं।”
