सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठसँग भेट गरेका छन्। उनले उत्तर सिक्किमको राष्ट्रिय राजमार्ग 310ए को तत्काल मरम्मति र पुनर्निर्माणको लागि अनुरोध गरेका छन्। यस सन्दर्भमा उनले केन्द्रिय राज्यमन्त्रीलाई ज्ञापन पत्र सुम्पेका छन्।
BulletsIn
- सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठसँग भेट गरे।
- सांसद सुब्बाले उत्तर सिक्किमको सड़क मार्गको मरम्मति र पुनर्निर्माणको निम्ति अनुरोध गरे।
- उनले राष्ट्रिय राजमार्ग 310ए को सोचनीय अवस्थाबारे जानकारी गराए।
- गत वर्ष अक्टोबर महिनामा टिस्टामा आएको भलबाढीले पूर्वाधारलाई व्यापक क्षति पुऱ्याएको बताए।
- स्थानीय मानिसहरूका साथै राष्ट्रिय सुरक्षामा पनि प्रभाव परेको उल्लेख गरे।
- उनले उक्त सड़क मार्गहरूको मरम्मति र पुनर्निर्माणका लागि केन्द्रिय राज्यमन्त्रीलाई तत्काल हस्तक्षेपको अनुरोध गरे।
- बाढीले राज्यका सड़क मार्गहरूलाई व्यापक क्षति पुऱ्याएकाले सम्पर्क र यातायात गम्भीर रूपमा प्रभावित भएको बताए।
- नागा गाउॅंमा भएको क्षतिको बारेमा पनि जानकारी गराए।
- केन्द्रिय राज्यमन्त्रीले समस्या समाधानका लागि हर सम्भव सहयोग गर्ने आश्वासन दिए।
- उनले सिक्किमे जनताको राष्ट्रिय सुरक्षामा सकारात्मक भूमिकाको सराहना गरे।
