नगाउॅं, 12 नोभेम्बर : नगाउॅं जिल्लाको कालियाबोर अन्तर्गत बराली गाउॅंमा बिजुलीको तारको सम्पर्कमा आउॅंदा एक मजदूरको मृत्यु भएको छ। यो घटना तिहार उत्सवबिच भएको हो।
बारालीगाउॅंको केवी ईंट-भट्ठेमा ट्रकबाट कोइला खाली गरिरहेका नगाउॅं कसुवा निवासी बरदुद्दीन अली उच्च क्षमताको विद्युत तारको सम्पर्कमा आए। उसर्ला कालियाबोर सब-डिभिजनल सिविल अस्पताल लगियो जहां डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।
विजुली विभागका साथै मीसा थाना पुलिस पनि घटनास्थल पुगेर जॉंच शुरू गरेका छन्।
