गान्तोक, 03 फरवरीन : मूख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज राजनीतिक सचिव जेकब खालिङले उनको कार्यालयमा विभिन्न विभागमा कार्यरत अस्थायी कर्मचारीहरुको प्रतिनिधिहरुसंग भेट गर्दै बैठक गरे। आजको बैठकमा आगामी 9 फरवरीमा सम्पन्न हुने अस्थियी कर्मचारी सम्मेलनको आयोजनाबारे चर्चा परिचर्चा भयो। उनले यो सम्मेलनको तयारीबारे उपस्थित प्रतिनिधिहरुसँग विस्तृत रूपमा चर्चा गरे।
ज्ञात रहोस् आगामी 9 फरवरीमा रम्फू खेल मैदानमा भव्य अस्थीयी कर्मचारी सम्मेलन सम्पन्न हुनेछ। उक्त सम्मेलनमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित हुने तय भएको जानकारी गराए।
