गान्तोक, 14 नोभेम्बर : मुख्यमन्त्री प्रेमसिंह तामाङले बाल दिवस, स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जयन्तीको अवसरमा राज्यवासीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा नानीहरूले अनन्त सम्भावनाहरू र असीमित कल्पनाको उपहारहरू खोल्न सकुन् भनी शुभकामना दिएका छन्। हरेक पलले लिएर आउने आश्चर्यहरूलाई अॅंगालेर जिज्ञासाका साथ संसारको अन्वेषण गर्दै सपनाहरूलाई आकाशमा रंगीन चङ्गाहरू जस्तै उड्न दिन विचार व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यस विशेष दिनमा बालबालिकाहरूलाई उनीहरूको सबै लक्ष्यहरू प्राप्त गर्ने क्षमता र दृढ संकल्पको आशीर्वाद प्राप्त होस् र उनीहरू प्रगति र समृद्धिको मार्गमा अगाडि बढेर जाउन् भनी कामना गरेका छन्।
