कछार, 25 जनवरी : कछार पुलिसले दुई कुख्यात डकैतलाई पक्राउ गरेको छ। सिलचरमा लामो समयदेखि हाईवेमा आतङ्कको पर्याय बनेका हाईवे डकैतहरू अन्ततः पुलिसको पञ्जामा परेका छन्। पक्रा पर्ने डकैतहरूको नाम अब्दुल अजीज र अब्दुल उवाब बताइएको छ।
पुलिसले आज बताए अनुसार, गुप्त सूचनाको आधारमा चलाइएको एक अभियानमा गए राति कछारको काटीगोडाबाट दुई कुख्यात डकैतलाई पक्राउ गरियो। एउटा पेट्रोल पम्पबाट उनीहरूलाई पक्राउ गर्न सफल बनेको बताइएको छ। पुलिसले दुवैसॅंग सोधपुछ शुरू गरेको छ।
