दार्जीलिङ, 28 मार्च भागोप्रमो समर्थित तृणमूल कांग्रेसका प्रार्थी गोपाल लामाले आज दार्जीलिङ जिल्लापाल कार्यालयमा नामाङ्कन पत्र भर्नअघि पूजा अर्चना गरेका छन्। आज बिहान 8 बजी भागोप्रमो केन्द्रिय अध्यक्ष एवं जीटीए प्रमुख अनित थापा, प्रार्थी गोपाल लामा र भागोप्रमोका नेतृत्वहरुले दार्जीलिङको महाकाल बाबा धाम पुगेर पूजा अर्चना गरे।
धाममा पूजा गरे पश्चात अनित थापाले पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै पहाडको मनको आवाज गोपाल लामाले नै चुनाउ जित्नेछ भनी दाबी गरे। उनले राजु विष्टले कस्तो लाइसेन्स ल्याएको छ म जान्दिन भन्दै देशको मुद्दा नै विकास हो र पहाडको मुद्दा पनि विकास नै हो भने। उनले शान्ति अनि विकासको निम्ति हिजो पनि पहाडले भोट हालेको थियो, आज पनि त्यही मुद्दामा भोट हाल्नेछन् भनी दाबी गरे।
