नाम्ची। सेवा मतदाताहरूबाट पोस्टल ब्यालेटको छैटौं ब्याच प्राप्त भएको छ। नाम्चीका डीईओ र नोडल अधिकारीले आज नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा पोस्टल ब्यालेट ग्रहण गरे। डाक अधिकारीले कुल 30 पोस्टल ब्यालेट प्रदान गरे। नाम्ची जिल्लाका सबै समष्टिबाट अहिलेसम्म 319 वटा पोस्टल ब्यालेट प्राप्त भएको छ।
जानकारी अनुसार, पोस्टल ब्यालेट प्राप्त भएपछि सम्बन्धित रिटर्निङ अफिसरले छुट्याएपछि ईटीपीबीएस बक्समा सुरक्षित राखे। सम्पूर्ण प्रक्रिया भारतको निर्वाचन आयोगको निर्देश अनुरूप भिडियो गरिएको बताइएको छ।
