• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > 28 र 29 जुलाईमा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
Regional

28 र 29 जुलाईमा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने

CliQ INDIA
Last updated: July 11, 2025 12:01 pm
CliQ INDIA
Share
3 Min Read
SHARE
28 र 29 जुलाईमा 'क्ल्याश अफ् डान्सर्स 2.0' को अडिशन राजधानीमा हुने

गान्तोक, 10 जुलाई (हि.स.)। अन्तरराष्ट्रिय स्तरको नृत्य प्रतियोगिता ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानी गान्तोकमा हुने भएको छ। राजधानीको मनन केन्द्रमा हुने अडिशनमा समर्पण लामा, नर्बु लामा, सुष्मिता तामाङ लगायत फ्लोरिना गोगोई जस्ता चर्चित सेलिब्रेटीहरूको पनि विशेष उपस्थिति रहनेछ। उक्त जानकारी एसकेएम पार्टीको सांस्कृति शाखाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।

एसकेएम संस्कृति शाखाका राज्य समन्वयक मनोज लामाले ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को आगामी 28 र 29 जुलाईमा राजधानीको मनन केन्द्रमा अडिशन सम्पन्न हुने जानकारी गराए। उनले यो अडिशन मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गदर्शनमा ​सिक्किमका प्रतिभावान कलाकारहरूलाई ध्यानमा राखेर आयोजना भइरहेको जानकारी गराए। उनले यो अडिशन गान्तोकमा आयोजना भइरहे तापनि यसमा देश-विदेशका इच्छुक कसैले पनि भाग लिन सक्ने बताए। यद्यपि, सिक्किमका 10 देखि 15 जनालाई चयन गरेर अर्को चरणमा लैजाने निर्धारित रहेको उनले थप जानकारी गराएका छन्।

उनले पहिलो पटक राजधानीमा यति ठूलो प्रतियोगिताको अडिशन सम्पन्न भइरहेको छ भन्दै राज्यका कलाकारहरूलाई यस अवसरमा भरपूर फाइदा उठाउन आह्वन गरे। उनले यहॉं अडिशनमा चयनित कलाकारहरूले आफ्ना रहल प्रस्तुतिहरू काठमाडौंमा दिनुपर्ने अवगत गराए। उनले यस प्रतियोगिताको विशेषता भनेको यसका विजेताहरूको चयन भोटिङद्वारा नभएर पूर्ण रूपमा निर्णायकहरूद्वारा प्रतिभाको आधारमा गरिने बताए।

राज्य समन्वयक लामाले अडिशन समापनपछि दोस्रो दिन समर्पण लामा, नर्बु लामा, सुष्मिता तामाङ र फ्लोरिना गोगोईले आफ्नो विशेष प्रस्तुति दिनेछन् भनी बताए। उनले राज्यवासीहरूलाई यस सुनौलो अवसरको फाइदा उठाउन आह्वान गरे।

यसरी नै एसकेएम संस्कृति शाखाका उपाध्यक्ष प्रभारी टाशी छिरिङ भोटियाले सिक्किमका कलाकारहरूलाई प्रोत्साहित गरेकोमा धन्यवाद दिए। उनले सिक्किमै अडिशन गराउनु पर्छ र यहॉंका कलाकारहरूले मौका पाउनुपर्छ भन्ने सोचका कारण आज यस प्रतियोगिताको अडिशन राजधानीमा भइरहेको बताए। उनले रियालिटी शोहरूमा भोटिङद्वारा विजेताहरूको छनोट हुने हुनाले हामीहरू सबै थाकिसकेको छौं भने। यद्यपि, यस प्रतियोगिताको विजेता पूर्ण रूपमा प्रतिभाको आधारमा चयन गरिने उनले बताए।

यस अतिरिक्त, उनले आगामी अडिशनमा भाग लिने सिक्किमे कलाकारहरूको निम्ति प्रवेश नि:शुल्क गरिएको पनि घोषणा गरे। यस अतिरिक्त, स्थानीय कलाकारहरूलाई प्याकेट लञ्चको व्यवस्था प​नि गरिने उनले बताए। उपाध्यक्ष प्रभारी भोटियाले अभिभावकहरूलाई उक्त दिन आफ्ना नानीहरू लिएर अडिशनका लागि उपस्थित भइदिन आह्वान गरे।

यस अघि एसकेएम संस्कृति शाखाकी सचिव कोमल गुरुङले अडिशन सबैका लागि खुल्ला रहेकाले कडा प्रतिस्पर्धा हुने बताइन्। उनले अडिशनको लागि बाहिर जानु पर्ने छैन भन्दै स्थानीय कलाकारहरूको लागि यो ठूलो अवसर रहेको बताइन्। उनले इच्छुक प्रतियोगिताहरूले एकल, युगल र समूह वर्गमा भाग लिन सक्ने पनि अवगत गराइन्।

यसैगरी, एसकेएम संस्कृति शाखाका उपाध्यक्ष डा. मनोज राईले सिक्किमका केवल 10 देखि 15 जना छनोट गरिने हुनाले प्रतिस्पर्धा कडा हुने बताए। उनले यो प्रतियोगिता अन्य रियालिटी शोहरूभन्दा छुट्टै किसिमको रहेकाले आफूहरू अघि आएको बताए। उनले कलाकारहरूको निम्ति यो एउटा वास्तविक मञ्च रहेको बताउॅंदै यहॉं प्रतिभाको आधारमा विजेताको चयन हुने बताए।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

जंगली हात्तीको हमलामा पिता-पुत्रको मृत्यु
पुलिसको कारबाहीमा 56 बोरा बर्मीज सुपारी जफत गरियो
युवा भरोसा सम्मेलनलाई लिएर रम्फू खेल मैदानमा एसकेएम पार्टीको बैठक
सड़क दुर्घटनामा दुईजनाको मृत्यु – Hindusthan Samachar Nepali
अयोध्याः अब श्रद्धालुहरूले बिहान 6 बजीदेखि राति 10 बजीसम्म रामललाको दर्शन गर्न सक्ने

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भारतका शहरहरूको भत्किरहेको जग: तत्काल शहरी सुधारको लागि आह्वान | BulletsIn
Next Article भारतका शहरहरूको भत्किरहेको जग: तत्काल शहरी सुधारको लागि आह्वान | BulletsIn
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?