मुर्शिदाबाद, 13 जुलाई (हि. स.)। जिल्लाको डोमकल थाना अन्तर्गत मुरारिपुर तालतलापाड़ा क्षेत्रमा एक जना युवकलाई हतियार सहित सोशल मीडियामा फोटो शेयर गरेको आरोपमा पक्राउ गरिएको छ। आरोपीको पहिचान राजिबुल शेख (32)- को रूपमा भएको छ।
पुलिस सूत्र अनुसार राजिबुल एक व्हाट्सएप ग्रुपका सदस्य हुन् जसमा उसले आग्नेयास्त्रसितै खिचेको फोटो साझा गरेका थिए। यस्तै केही तस्वीरहरू उसले आफ्नो व्हाट्सएप स्टेटसमा पनि पोस्ट गरेका थिए। यी तस्वीरहरू द्रूत गतिमा भाइरल भएपछि डोमकल थाना पुलिसको संज्ञानमा पुग्यो।
उल्लेखनीय छ, मुर्शिदाबाद जिल्लामा हालैमा भएको अशान्तिपछि पुलिसले सोशल मीडिया गतिविधिहरूमाथि विशेष निगरानी गरिरहेको छ। यसै निगरानी अवधि राजिबुलको हतियार सहितको फोटो पुलिसको नजरमा पुग्यो। तुरून्त जाँच शुरू गर्दै पुलिस गए शनिवार राती राजिबुलको मुरारिपुरस्थित घरमा पुग्यो। जाँचबुझपछि उसको घरको खानतलासी गर्दा एउटा अत्याधुनिक देशी बन्दुक र दुई वटा जिउँदो कारतूस जफत गरियो। पुलिसले अवैध रूपमा हतियार राखेको अनि त्यसको दुरूपयोग गरेको आरोपमा मामिला दर्ता गरेको छ। आइतवार आरोपीलाई सात दिनको पुलिस रिमाण्डको माग गर्दै अदालतमा पेश गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
