गुवाहाटी, 21 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अन्तरराष्ट्रिय योग दिवसको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिए साथैै योगको महत्वलाई रेखांकित गरे।
मुख्यमन्त्रीले भने, हाम्रो शरीर अनि मन दुवैको उत्कृष्टतालाई साध्नमा योगाभ्यास सहायक हुन्छ भने यसको माध्यमबाट हामी आफ्नो जीवनशैलीलाई श्रेष्ठ बनाउन सक्नेछौं। एक स्वस्थ अनि सशक्त जीवन पाउनको लागि योगको महत्व अपार छ।
मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको सराहना गर्दै भने, उनले योग प्रचारको माध्यमबाट सारा दुनियाँमा मानव कल्याणको सन्देश फैलाएका छन्। उनको यस सन्देशबाट प्रेरित भएर हामीले पनि योगाभ्यासलाई अप्नाउनुपर्छ साथै एक सकारात्मक वातावरण निर्माण गर्नुपर्छ।
उनले भने, आफूले आफैलाई स्वस्थ एवं प्रसन्न राख्नु अत्यन्त आवश्यक छ। योगले हामीलाई यो सन्तुलन प्राप्त गर्नमा सहयोग गर्दछ। मुख्यमन्त्रीले सबै नागरिकहरूसित आग्रह गरे, आफ्नो जीवनमा योगलाई साममेल गर्नुहोस् अनि समाजमा यसको प्रसार गर्नुहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
