
इम्फाल, 20 जनवरी (हि.स.)। मणिपुरमा लगातार हतियार र गोला-बारूद जफत भइरहेछ। यही क्रममा मणिपुर पुलिस, मणिपुर राइफल्स, असम राइफल्स, बीएसएफ तथा भारतीय सेनाद्वारा चलाइँरहेको अभियानमा भारी मात्रामा हतियार र गोला-बारूद जफत गरियो। मणिपुर पुलिस अनुसार, राज्यको टेङनौपाल र चुराचान्दपुर जिल्लाहरूका सीमान्त र संवेदनशील क्षेत्रहरूमा सुरक्षाबलहरूद्वारा खोजी अभियान र क्षेत्र प्रभुत्व चलाइयो।
अपरेशनमा चुराचान्दपुर जिल्लबाट म्याग्जीनको साथ एक 5.56 मिमी एम4ए1 असोल्ट राइफल, एक 9 मिमीको पिस्तौल, सात एक्स सिंगल बेरल राइफल, एक 38 मिमी अश्रू ग्यास गन शेल, 12 इम्प्रोवाइज्ड मोर्टार (पम्पी), एक नम्बर 36 ह्याण्ड ग्रेनेड, चार 9 मिमी गोला बारूद जफत गरियो।
भारत-म्यान्मार सीमामा स्थित मोरेह तथा अन्य निकटवर्ती जिल्लाहरूमा सुरक्षाबलले लगातार छापामारी अभियान चलाइरहेछ।
हिन्दुस्थान समाचार/भवानी
