
कोलकाता, 13 दिसम्बर (हि.स.)। महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा मौसममा सर्दी बढ़ेको छ। चक्रवात मिचौङको प्रभावले गत हप्ता लगातार पानी परेपछि यस हप्ता तापक्रममा ह्रासको क्रम जारी छ। बुधवार तापक्रममा व्यापक स्तरमा ह्रास दर्ता गरिएको छ। यसका साथै आज मौसमको सबैभन्दा चिसो दिन हो।
मौसम विभाग अनुसार, कोलकातामा न्यूनतम तापक्रम 14.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा एक डिग्री कम छ। यस मौसममा तापक्रम पहिलो पल्ट 15 डिग्री सेल्सियसमुनि पुगेको छ। अधिकतम तापक्रम पनि सामान्यभन्दा तीन डिग्री तल झरेर केवल 24.9 डिग्री सेल्सियस पुगेको छ। यसले गर्दा सर्दी बढ़ेको छ।
कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा पनि तापक्रममा ह्रास दर्ता गरिएको छ र अधिकतर क्षेत्रहरूमा न्यूनतम तापक्रम 11 डिग्रीदेखि 13 डिग्री सेल्सियसबीच बनेको छ जसले गर्दा सर्दी बढ़ेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालुबेङमा पनि तापक्रम सामान्यभन्दा 3-4 डिग्री सेल्सियस तल रहेको छ, जसले गर्दा त्यहाँ पहिलेदेखि नै कठ्याङ्ग्रिने सर्दी भइऱहेछ।
मौसम विभाग अनुसार, यस पूरा हप्ता पानी पर्ने सम्भावना छैन। आकाशमा पनि सफा छ र तापक्रममा ह्रास हुने क्रम जारी रहनेछ जसले गर्दा अझ् सर्दी बढ्नेछ। साझँ पर्नसाथ कुइरो लागिरहेछ, जसले गर्दा दृश्यता कम भएको छ। वाहन चालकहरूलाई सावधानीले वाहन चलाउने सुझाउ दिइएको छ।
हिन्दुस्थान समाचार/भवानी
