मेदिनीपुर, 25 नोभेम्बर (हि.स.)। बेलदांर थाना अन्तर्गत हेमचन्द्र पञ्चायतको अम्बीडांगर गाउँमा एउटा विशाल बरको रूखमा फलेको रातो फल खान आएका प्रवासी पंक्षीहरूलाई अचानक मृत्त अवस्थामा भेटियो जसले गर्दा सम्पूर्ण क्षेत्रमा रोष फैलियो।
बरको रातो फल खाएको तुरून्तैपछि हिरियल, बसन्तबौरी, सातभैया, शालिक, काग सहित केही प्रजातिका पंक्षीहरूलाई रूखमुनि मृत्त अवस्थामा भेटियो। यहाँसम्म कि बकुला र सारस जस्ता विशाल पंक्षीहरू पनि यसको शिकार भएका छन्। स्थानीय मानिसहरूको आरोप छ, केही असामाजिक तत्वहरूले रूखको फलमा कीटनाशक वा विष मिलाएर मृत्युरूपी जाल बिछाएका छन्।
सूचना पाउनसाथ गए सोमवार अपरान्ह वन विभागको टीम घटनास्थलमा पुग्यो। विभागले सोमवार साँझदेखि माइकिंग गरेर जागरूकता सन्देश जारी गर्नको साथै पंक्षीहरूलाई मारेको खण्डमा जेल वा जरीमानाको प्रावधान रहेको उल्लेखित फे्लेक्स झुण्डायो।
स्थानीय मानिसहरूले माग गरेका छन्, यस्तो कृतमा सामेल मानिसहरूमाथि कड़ाभन्दा कड़ा कारबाही गर्नुपर्छ। केही ग्रामीणहरूले सन्देह व्यक्त गरेका छन्, कसैले सानो आकारको स्प्रे उपकरणले रूखमा कीटनाशक छिड़काउ गऱ्यो होला वा रूखका हाँगाहरूमा विष मिसाएको माछाका टुक्राहरू राख्यो होला जसबाट पंक्षीहरूको मृत्यु भयो।
वन विभागले मृत्त हिरियल अनि बसन्तबौरीका शवहरू फेला पाऱ्यो। गए सोमवार साँझ पनि रुखमुनि केही मृत्त पंक्षीहरू भेटियो। स्थानीय वन्यजीव संरक्षण संगठनका सदस्य सन्दीप दासले विभागलाई सूचना दिए, त्यसपछि लगातार बचाउ अनि जाँच कार्य जारी छ। विभागले पुष्टि गरेको छ, मृत्युको कारण स्पष्ट गर्नको लागि पंक्षीहरूको मार्गको परीक्षण गरिनेछ।
सोमवार अपरान्ह दमकल विभागको सहयोगले बरको रूखलाई राम्ररी पखालियो। पश्चिम बंगाल विज्ञान मञ्चले पनि क्षेत्रमा जागरूकता अभियान संचालन गऱ्यो। वन विभागले आश्वासन दिएको छ, दोषीहरूविरूद्ध आवश्यक कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
