कोलकाता, 25 नोभेम्बर (हि.स.)। केन्द्रिय शिक्षा मन्त्रालयले पश्चिम बंगालका स्कूलहरूमा केन्द्र सरकारको महत्वाकांक्षी पीएम पोषण योजनामा कथित भ्रष्टाचार विरूद्ध सीबीआई जाँचको सिफारिश गरिएको छ।
शनिवार केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकारले भने, आखिर सीबीआई जाँचको अनुशंसा किन गर्नपऱ्यो। उनले केन्द्रिय जाँच ब्यूरो (सीबीआई) सित पश्चिम बंगालमा सरकारी स्कूलहरूमा मिड डे मील स्कीमको कार्यान्वयनमा कथित अनियमितताहरूको जाँच गर्ने सिफारिश गरेका छन्। उनको यो घोषणा पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले योजना कार्यान्वयनमा व्यापक स्तरमा कथित गड़बड़ीको आरोप लगाएको ठीक एक दिनपछि आएको छ।
सुभाष सरकारले दाबी गरे, केन्द्रिय अऩुसंधान टीमहरूद्वारा जाँचपछि कार्यक्रमको कार्यान्वयनमा धेरै अनियमितताहरूको पहिचान गरिएको छ। यसैले हामीसित मामिलाको सीबीआई जाँचको सिफारिश गर्न बाहेक अन्य कुनै विकल्प थिएन। यद्यपि, राज्यका शिक्षा मन्त्री ब्रात्य बसुले यस मामिलामा सबै आरोपहरूको खण्डन गरे औं केन्द्रिय जाँच टीमद्वारा आफ्नो रिपोर्ट सुम्पिएको तरीकामाथि प्रश्न चिह्न खड़ा गरे।
उनी अनुसार, केन्द्रिय अनुसन्धान टीमले यस सम्बन्धमा आफ्नो रिपोर्ट अविश्वसनीय रूपमा हतारमा प्रस्तुत गऱ्यो र त्योपनि टीममा राज्य सरकारको प्रतिनिधिको हस्ताक्षरबिना।
हिन्दुस्थान समाचार/भवानी
