गान्तोक, 19 नोभेम्बर (हि.स.)। गैर सरकारी संस्था अनुग्यालय दार्जीलिङ डायोसिस सोशियल सर्विस सोसाइटी र पाकिम जिल्ला पुलिसको संयुक्त पहलमा आज विश्वव्यापी बाल अधिकार दिवस पालन गऱ्यो।
पाकिम जिल्लाको अतिरिक्त जिल्लापाल कार्यालयमा आयोजित यस कार्यक्रमले गरिबी, भेदभाव, हिंसा र शिक्षामा पहुँचको अभाव जस्ता विश्वभरका बालबालिकाहरूले सामना गर्नुपर्ने चुनौतीहरूलाई प्रकाशमा ल्याउॅंदछ। यसले सरकार, संस्था र व्यक्तिहरूलाई प्रत्येक बालबालिकाले आफ्नो अधिकारको उपभोग गर्न र उज्ज्वल भविष्य सुनिश्चित गर्ने दिशामा कार्य गर्नका ेलागि अनुस्मारकको पनि काम गर्दछ।
कार्यक्रममा बालबालिकाको अधिकारको पक्षमा वकालत गर्ने, जनचेतना अभिवृद्धि गर्ने र बालबालिकाका लागि उपलब्ध अवस्था र अवसरहरू सुधार गर्ने कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अन्तरक्रियात्मक, प्यानल डिस्कसन र सांस्कृतिक प्रदर्शनहरू सहित विभिन्न गतिविधिहरूलाई समेटिएको थियो।
हिन्दुस्थान समाचार
