अयोध्या, 20 जनवरी (हि.स.)। जसरी त्रेतायुगमा भगवानी श्रीरामको जन्म भएको थियो त्यस्तै उत्साह आज अयोध्यामा मात्र होइन, तर विश्वभरि छ। राम मन्दिरको प्राण प्रतिष्ठामा सारा विश्वबाट मानिसहरू आइरहेका छन्। मत, धर्म, ठूलो सानो कसैले हेरेका छैनन्। रामभाव अर्थ समभाव। रामले सबैलाई अॅंगालेका छन्। यो भाव आज जनमानसमा देखिॅंदैछ। उक्त कुरा श्रीराम आश्रम अयोध्याका महन्त जयराम दासले भनेका हुन्।
महन्त जयराम दासले भने, हाम्रो भारतवर्षमा जति पनि सम्प्रदाय छन् ती सबै सम्प्रदायका सन्तहरू आइरहेका छन्, देशमा जति पनि स्वजातीय मन्दिनहरू छन्, ती मन्दिरहरूका महन्तहरू पनि आइरहेका छन्। यो ठूलो सौभाग्य हो। आज जन जनमा उत्साह छ। देशभरि दीपोत्सव मनाइॅंदैछ। अयोध्याका सबै मन्दिरहरूमा उत्सवको माहोल छ। कतै कथा, कतै यज्ञ, कतै सन्त समागम, कतै गायन वादन चलिरहेका छन्।
उनले भने, धर्मसत्ता सर्वोच्च हो। प्रभु रामले स्वयं भनेका छन्, धर्मसत्ता, राजसत्ताभन्दा माथि हो। धर्म, देश समाज र मानव कल्याको निम्ति हो। धर्म, सबैको कल्याण गर्न चाहन्छ। सनातन धर्म मानव मात्र होइन, तर रूख, पशुपक्षी, सबैको कल्याणको कामना गर्दछ। सनातन धर्म नै धमै हो, रहल सबै पंथ हुन्।
हिन्दुस्थान समाचार
