उत्तर 24 परगना, 9 सेप्टेम्बर (हि.स.)। श्यामनगरमा एसबीआई कस्टमर केयर एक्जिक्यूटिभ भएर साइबर ठगी गरेको मामिला सामु आएको छ। अज्ञात नम्बरबाट आएको फोन कलमा मनोहर तेज सोनेंगले आफ्नो ब्यांक खाताको गोपनीय जानकारी साझा गरे। त्यसपछि अपराधीहरूले उनको खाताबाट 4 लाख 58 हजार 999 रुपियाँ निकाले।
सिकायत दर्ता भएपछि बसुदेवपुर थाना पुलिसले जाँच शुरू गऱ्यो। कारबाही गर्ने क्रममा अहिलेसम्ममा 01 लाख, 24 हजार 424रुपियाँ पुनः दिलाइएको छ। पुलिसले संबागबाट सबुज भुइँया र पटाशपुरबाट सुरजीत जानालाई पक्राउ गरेको छ। ब्यारकपुर पुलिस कमिश्नरेटद्वारा मंगलवार जारी बयानमा बताइएको छ, यस घटनामा उनीहरूका अऩ्य साथीहरू पनि सामेल रहेका छन् जसको बारेमा जाँचबुझ गरेर पत्तो लगाउने प्रयास गरिँदैछ।
पुलिसले स्पष्ट पारेको छ, ब्यांकले कहिल्यै पनि फोनमा ओटीपी वा पासवर्ड माग्दैन। त्यसैले कुनै पनि संदिग्ध कल आए ब्यांक सम्बन्धी जानकारी साझा नगर्ने सल्लाह दिइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
