गुवाहाटी, 01 दिसम्बर (हि.स.)। असम सरकारले एपीएससी भर्ती घोटालाका चार राजपत्रित अधिकारीलाई निलम्बित गरेको छ। एसीएस अधिकारी अकाशी दुवरा, एसीएस अधिकारी ध्रुवज्योति हातिबरुवा, एसीएस अधिकारी धीरज कुमार जैन र एसीएस अधिकारी हितेश मजूमदारलाई निलम्तिबत गरिएको छ।
उल्लेखनीय छ, एसआईटीले एसीएस अधिकारी धीरज कुमार जैन र सुकन्या दासलाई बोलाएको थियो। राज्य सरकारले यी अधिकारीहरूमाथि लगेका आरोपहरूलाई ध्यानमा राख्दै निलम्बित गर्ने निर्णय लिएको हो।
एसआईटीले यस अघि एडीसी आकाशी दुवरालाई बोलाएको थियो। एसआईटीले 12 घण्टा लामो सोधपुछ अवधि आकाशी दुवराबाट धेरै जानकारी प्राप्त गरेको छ। जानकारी अनुसार, एसआईटीले हितेश मदजूदार र ध्रुवज्योति जैनलाई पनि समन नोटिस पठाएको छ।
हिन्दुस्थान समाचार/भवानी
