बिश्वनाथ (असम), 12 दिसम्बर (हि.स.)। गहपुर उपसम्भागको हवाजान पुलिस चौकीले ठूलो सफलता हासिल गर्दै अरूणाचल प्रदेशको इटानगरस्थित याजुलीको दुर्गम क्षेत्रबाट दुई वटा चोरीको वाहन जफत गरेको छ। पुलिस प्रवक्ताले आज बताए, हवाजान चौकी प्रभारी भाग्य डेकाको नेतृत्वमा संचालित अभियानमा लगभग डेढ़ वर्षपछि दुवै वाहनलाई पुनः प्राप्त गरिएको छ।
प्राप्त जानकारी अनुसार मिकिरबोरा चुकको दीप बोराले मई, 2024 -मा एउटा अल्टो के 10 खरिद गरेका थिए जसलाई उनले गागल गाउँको गजेन भुइयाँलाई भाड़ामा चलाउन दिएका थिए। गजेन भुइँयाले कैयौं महिनासम्म नियमित रूपमा भाड़ा दिरहे जसले गर्दा दीप बोराले उमाथि भरोसा बढ़ाए। यसरी नै गजेनले पहुकाटाका ममिन बोराको टाटा योद्धा मालवाहक वाहनलाई पनि भाड़ामा लियो जसको भाड़ा पनि उसले नियमित रूपमा भुक्तान गरिरह्यो।
तर केही महिनापछि गजेन भुइयाँ अचानक बेपता भयो र आफ्नो गाउँसित पूर्ण रूपले सम्बन्ध विच्छेद गरेर इटानगरको एक सुदूरवर्ती क्षेत्रमा बस्नथाल्यो। आरोप छ, उसले दुवै वाहनलाई याजुलीका स्थानीय मानिसहरूलाई भाड़ामा दियो।
दीप बोराको सिकायतमा हवाजान पुलिसले लामो समयदेकिको वाहनको खोजीमा अभियान चलाइरहेको थियो। गत बुधवार भाग्य डेकाको नेतृत्वमा गएको पुलिस टीमले याजुलीको दुर्गम क्षेत्रबाट दुवै वाहनलाई जफत गऱ्यो। पुलिसले यस मामिलामा आरोपी गजेन भुइयाँलाई पनि पक्राउ गरेको छ। जफत गरिएका वाहनहरूलाई शुक्रवार सबेरै हवाजान पुलिस चोकीमा ल्याइयो।
क्षेत्रका मानिसहरूले लामो समयदेखिको थाँतीमा रहेको मामिलालाई सुल्झाएर वाहन जफत गरेकोमा पुलिसको सराहना गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
