
अहमदाबाद, 24 दिसम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह आज शनिवार गुजरातको एक दिवसीय यात्रामा रहनेछन्। उनी आफ्नो संसदीय क्षेत्रमा अनेक कार्यक्रमहरूमा सामेल हुनेछन्। क्षेत्रको जनतालाई उनले विकास प्रोजेक्ट्स समर्पित गर्नेछन्। साथै धेरै प्रकल्पहरूको भूमि पूजन गर्नेछन्।
केन्द्रिय गृहमन्त्री शाह बिहान 10.30 बजी अहमदाबादको मेमनगर स्थित मेमनगर ग्राउण्मा पीएम स्वनिधि योजनाका लाभार्थीहरू र उनका परवारको साथ स्नेहमिलन कार्यक्रममा सहभागी बन्नेछन्। यसपछि दिउँसो 1.45 बजी आफ्नो संसदीय क्षेत्र गान्धीनगर जिल्लाको कलोल स्थित पानसरमा पोखरीको लोकार्पण गर्नेछन्। यहाँ केही प्रकल्पहरूको भूमि पूजन पनि गर्नेछन्।
दिउँसो 3 बजी गान्धीनगरको कलोल-खात्रज रोडमा सरदार पटेल ग्रुपको तर्फबाट आयोजित विशाल एकता सम्मेलन र सरदार पटेलको 15 फीटको प्रतिमाको अनावरण गर्नेछन्। उनी साझँ 4.30 बजी गान्धीनगर जन महोत्सव अन्तर्गत सांसद खेल स्पर्धाको शुरूआत गर्नेछन्। यो आयोजन अहमदाबादको सारबमतीस्थित रेलवे ग्राउण्डमा हुनेछ। साझँ 6.30 बजी उनी अहमदाबादको गुजरात यूनिवर्सिटी क्याम्पसमा गुजरात साहित्य महोत्सवको उद्घाटन गर्नेछन्।
हिन्दुस्थान समाचार/भवानी
