हुगली, 12 दिसम्बर (हि. स.)। हुगली जिल्लाको उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा उपचाराधिन एक जना बुजुर्गको शव शुक्रवार अस्पताल परिसरमा गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। यस घटनाको कारणले अस्पतालमा व्यापक खैलाबैला मचियो साथै रोगीहरूमा भय व्याप्त भयो।
पुलिस र अस्पताल सूत्रबाट प्राप्त जानकारी अनुसार मृतकको पहिचान नरेन्द्रनाथ भुइयाँको रूपमा भएको छ जो उत्तरपाड़ा चकलेन क्षेत्रका निवासी थिए। बुजुर्ग विगत केही दिनदेखिको श्वास-प्रश्वास प्रक्रियासित सम्बन्धित समस्यासित जुझिरहेका थिए। हालमा उनलाई टीबी पनि भएको थियो। केही दिनअघि उपचारको निम्ति उनलाई उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा भर्ती गरिएको थियो जहाँ उनको उपचार भइरहेको थियो।
शुक्रवार बिहान अस्पतालका कर्मचारीहरूले सबैभन्दा पहिला देखे, नरेन्द्रनाथ गामसा जस्तो कुनै चिजको गलफन्दा बनाएर झुण्डिरहेका थिए। तुरून्तै डाक्टरहरूले उनको जाँच गरे, तर उनको प्राण गइसकेको थियो। तथापि बुजुर्गको मृत्यु कसरी भयो अहिले पनि रहस्य नै छ। अस्पताल प्रशासनले यसमाथि कुनै प्रतिक्रिया दिएको छैन।
उपचाराधिन बुजुर्गको ‘आत्महत्या’-लाई लिएर केही प्रश्नहरू उठिरहेका छन्। यदि नरेन्द्रनाथले आत्महत्या गरेको भए डाक्टर, नर्सिंग स्टाफ, अस्पतालका अन्य कर्मचारीहरू एवं रोगीहरूको बीचमा यो घटना कसरी घट्नसक्छ। रोगीको परिवारले रोगीहरूको सुरक्षालाई लिएर प्रश्न उठाइरहेको छ।
एक जना रोगीका आफन्त गौतम रायले भने, अस्पतालभित्र यस्तो घटना कसरी भयो, जाँच गर्नुपर्छ। यतिधेरै सीसीटीभी क्यामराहरू हुँदाहुँदै पनि यस्तो घटना घट्नु चिन्ताको विषय हो।
यसरी नै अर्का रोगीका आफन्त क्यामेलिया सरकारले भने, यदि बुजुर्गले आत्महत्या गरेको हो भने यो समय लाग्ने काम हो, कसैले उनलाई किन देखेन। निगरानी बढ़ाउनुपर्छ।
यस मामिलामा सुपर औ डिप्टी सुपरले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
