– चारदीवार नजिक 4 फुट गहिरो सुरूङ्ग खनिएको मामलेमा एफआईआर दर्ता
– सुरूङ्ग खनेको स्थान थर्मल स्क्यानर र सीसीटीभी क्यामारेको रेञ्जदेखि बाहिर
गाजियाबाद, 11 दिसम्बर (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीसित गाँसिएको गाजियाबादस्थित वायु सेनाको हिंडन एयर बेसको चारदीवार नजिक सुरूङ्ग खनेर सुरक्षा व्यवस्था भङ्ग गर्ने प्रयास गरिएको छ। यो समाचार पुलिस र एयरबेस प्रशासनले पाएपछि ठूलो खैलाबैला भयो। पुलिसले गए आइतवार अबेर राती तत्काल घटनास्थलमा पुगेर अनुसन्धान गर्दा थाहा लाग्यो कि त्यहाँ चार फुट गहिरो सुरूङ्ग खनिएको छ। यो स्थान थर्मल स्क्यानर र सीसीटीभी क्यामराको रेञ्जदेखि बाहिर छ। यस सम्बन्धमा मुद्दा दर्ता गरी गहन जाँच शुरू गरिएको छ।
सुरक्षाको दृष्टिकोणले अति संवेदनशील हिंडन एयर बेसका सहायक सुरक्षा अधिकारी मास्टर वारन्ट अफिसर सतीश कुमारको अगुवाईमा अफिसियल सीक्रेसी एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। ट्रान्स हिंडन क्षेत्रका पुलिस उपायुक्त शुभम पटेलले सोमवार बताए, इरशाद कलोनी नजिक यो खाड़ललाई गए आइतवार साँझ देखिएको थियो जसको भीडियो पनि सोशल मीडियामा पोस्ट गरी कारबाहीक माग गरिएको थियो। यसलाई गम्भीर रूपमा लिँदै तत्काल घटनास्थलमा पुगेको टीमले जाँच शुरू गरेको।
पुलिस उपायुक्तले बताए, घटनास्थलमा पुगेर जाँच गर्दा त्यहाँ चार फुट गहिरो सुरूङ्ग भेटिएको छ। एयरबेसको सीसी बाउण्ड्री वाल इन्टेक्ट छ र त्यसलाई कसैले चलाएको छैन। चारदीवार नजिक सुरूङ्ग कसले र कुन उद्देश्यले खनेको हो त्यसको जाँच भइरहेको छ। पुलिसले वायु सेना एयर बेसका सुरक्षा अधिकारीहरूसित घटनास्थलको जायजा लिएपछि हिंडन एयरबेसका सहायक सुरक्षा अधिकारीको सिकायतमा अबेर राती मुद्दा दर्ता गरिएको छ। मुद्दा दर्ता भएपछि सीसीटीभीको फुटेजको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार/उष्णता
