झांसी, 12 दिसम्बर (हि.स.)। झांसी-ललितपुर लोकसभा क्षेत्रका सांसद अनुराग शर्माले शीतकालीन सत्रमा एक पल्ट फेरि झांसी एयरपोर्ट निर्माणको माग पूरा दृढ़ताको साथ सदनमा उठाए। उनले यस अगाड़ीपनि धेरै पल्ट झांसीमा एयरपोर्ट निर्माणलाई लिएर सरकारसित आग्रह गरिसकेका छन्। सांसद अनुराग शर्माले विकसित भारतका साथै विकसित बुन्देलखण्डको निर्माणमा एयरपोर्टलाई एक अत्यन्त महत्वपूर्ण कडी बताउँदै भने, झांसी सहित उत्तर प्रदेशको सम्पूर्ण बुन्देलखण्ड क्षेत्रमा कतै पनि विमानस्थल नहुँदा जनतालाई ठूलो कठिनाइ भइरहेको छ।
उनले यो पनि उल्लेख गरे कि राज्य र केन्द्र सरकारले बुन्देलखण्डमा औद्योगिक विकासका लागि ठूला परियोजनाहरू स्थापना गरिरहेका छन्। त्यसैले बलियो हवाई सम्पर्क आवश्यक छ। विमानस्थलको निर्माणले यस क्षेत्रमा औद्योगिक गतिविधिलाई नयाँ गति प्रदान गर्नेछ र पर्यटन, व्यापार, लगानी र रोजगारीका लागि महत्त्वपूर्ण अवसरहरू सिर्जना गर्नेछ।
सांसदले सरकारलाई विमानस्थल निर्माणसँग सम्बन्धित सबै विचाराधीन प्रक्रियाहरूलाई छिटो पूरा गर्न आग्रह गरे ताकि झांसी विमानस्थलको निर्माणको बाटो छिटोभन्दा छिटो खोल्न सकियोस् र बुन्देलखण्डको विकासतिर यो ऐतिहासिक कदम अगाड़ी बढ़ाउन सकियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी
