नयाँ दिल्ली, 27 नोभेम्बर (हि.स.)। राष्ट्रिय दुग्ध दिवसमा आयोजित कार्यक्रममा पशुपालन र डेयरी विभागले तीन श्रेणीमा राष्ट्रिय गोपाल रत्न पुरस्कारहरू प्रदान गऱ्यो। यस अवसरमा 20 आधुनिक दूध ट्याङ्करहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराइयो।
केन्द्रिय मत्स्य पालन, पशुपालन र डेयरी मन्त्रालय अनुसार, राष्ट्रिय राजधानी दिल्लीमा आयोजित कार्यक्रममा पशुपालन एवं डेयरी राज्यमन्त्री प्रो. एसपी सिंह बघेल, राज्यमन्त्री जर्ज कुरियन र विभागका सचिव नरेश पाल गंगवार सहित वरिष्ठ अधिकारीहरू उपस्थित रहे।
कार्यक्रममा देशभरिबाट पशुपालक, डेयरी सहकारी संस्थाहरूका प्रतिनिध र विशेषज्ञ पनि सामेल भए। कार्यक्रममा बताइयो, देशमा प्रति व्यक्ति दूध उपलब्धता 485 ग्राम प्रतिदिन छ, जुन वैश्विक औसत 329 ग्राम प्रतिदिनभन्दा अधिक हो। यस अवधि गंगवारले वैज्ञानिक हस्तक्षेप, नस्ल सुधार, सेक्स सर्टेड सीमन र आईवीएफ जस्ता उन्नत तकनीकहरूलाई पशुधन क्षेत्रको दीर्घकालिक प्रगतिको निम्ति आवश्यक बताए।
प्रो. बघेलले श्रेष्ठ दुग्ध पशुपालक, श्रेष्ठ कृत्रिम गर्भाधान तकनीशियन र श्रेष्ठ डेयरी सहकारी संस्थाको श्रेणीहरूमा राष्ट्रिय गोपाल रत्न पुरस्कार प्रदान गरे। उनले भने, भारतको बढ़ेको दूध उपलब्धताले मजबूत ग्रामीण अर्थव्यवस्थालाई दर्शाउँछ। राज्यमन्त्रीले पशु चिकित्सा सेवा वितरणको निम्ति चार स्तरीय ढांचाको नयाँ दिशा-निर्देश जारी गरे, जसमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्र, ब्लक स्तर अस्पताल, जिल्ला अस्पताल र राज्य स्तरीय पोलीक्लिनिक रेफरल केन्द्र सामेल छन्। यस अवधि बेसिक पशु पालन सांख्यिकी 2025 पनि जारी गरियो, जुन नीतिगत योजनाको निम्ति अद्यतन आंकड़ाहरू उपलब्ध गराउनेछ। कार्यक्रममा 20 आधुनिक इन्सुलेटेड दूध ट्याङ्करहरूलाई प्रस्थान गराइयो र विभिन्न राज्यहरूमा नौ नस्ल संवर्धन फार्महरूको उद्घाटन गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी
