छिन्दवाड़ा, 10 अक्टोबर (हि.स.)। मध्य प्रदेशमा कोल्ड्रिफ कफ सिरपको कारण किडनी संक्रमणले अहिलेसम्म 23 जना नानीको ज्यान गइसकेको छ। यस मामिलामा ‘कोल्ड्रिफ’ कफ सीरप बनाउने तमिलनाडूको कम्पनी श्रीसन फार्मास्युटिकलका संचालक (मालिक) जी. रंगनाथनलाई मप्रको विशेष जाँच टीम (एसआईटी) चेन्नईबाट ट्रान्जिट रिमान्डमा छिन्दवाड़ा लिएर आएको छ। शुक्रवार उलाई यहाँ परासियाको कोर्टमा पेश गर्ने तयारी छ। स्थानीय पुलिसले कोर्ट परिसर वरपर व्यवस्था जुटाइँदैछ।
वस्तुतः मध्य प्रदेशमा कोल्ड्रिफ कफ सिरप खाएर गत एक महिनादेखि लगातार नानीहरू मरिरहेका छन्। बिहिवार दिउँसो अझ् एक नानीको मृत्यु भयो। छिन्दवाड़ाको मोरडोगरी परासिया निवासी गर्विक (1 वर्ष) बाबू पवारको नागपुरको मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भयो। यसपछि राज्यमा कफ सिरप खाएर मर्ने नानीहरूको कूल संख्या 23 पुगेको छ।
नानीहरूको मृत्युपछि कोल्ड्रिफ कफ सिरप बनाउने कम्पनी श्रीसन फार्माका मालिक गोविन्दन रंगनाथन विरूद्ध परासिया थानामा 05 अक्टोबरमा एफआईआर दर्ता गरिएको थियो र मामिलाको जाँचको निम्ति मप्र सरकारले एसआईटीको गठन गरेको छ। एसआईटीको टीम बुधवार चेन्नई पुग्यो र राति रंगनाथनलाई पक्राउ गऱ्यो। एसआईटीले बिहिवार रंगनाथनलाई स्थानीय कोर्टमा पेश गरेर ट्रान्जिट रिमान्डको माग गऱ्यो।
कोर्टबाट ट्रान्जिट रिमान्ड पाइएपछि बिहिवार राति एसआईटीको टीम चेन्नईबाट रंगनाथनलाई फ्लाइट मार्फत शुक्रवार बिहान लगभग 6 बजी नागपुर पुग्यो। यसपछि रंगनाथनलाई नागपुरदेखि छिन्दवाड़ा ल्याइएको छ। बिहान लगभग 10 बजी टीम रंगनाथनलाई लिएर छिन्दवाड़ा पुग्यो र यहाँबाट सीधा परासिया कोर्टको निम्ति प्रस्थान भयो।
हिन्दुस्थान समाचार / भवानी थामी
