
चिन्यालीसौड़, 29 नोभेम्बर (हि.स.)। देशको हिमाली राज्य उत्तराखण्डका क्याबिनेट मन्त्री प्रेमचन्द अग्रवाल मंगलवार राति सिलक्यारा सुरुङबाट सुरक्षित निकालिएका 41 जना श्रमिकहरूसॅंग भेट गर्न आज, बुधवार बिहान चिन्यालीसौड सामुदायिक स्वास्थ्य केन्द्र पुगे। उनले सबै श्रमिकहरूसॅंग भेट गरे।
अग्रवालले भने, ‘सबै श्रमिकहरू स्वस्थ छन् र खुशी छन्। सबैले भोजन पनि लिएका छन्।’ सिलक्यारा सुरुङमा फसेका यी श्रमिकहरूलाई 17औं दिन मंगलवार राति सुकुशल बाहिर निकालिएको हो। रेस्क्यू अपरेशनमा केन्द्र र राज्य सरकारका 20 एजेन्सी दिन-रात जुटेको थियो।
मुख्यमन्त्री पुष्कर सिंह धामी सहित राज्य सरकारका उच्च अधिकारीहरू सिलक्यारामा तैनात रहेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निरन्तर मुख्यमन्त्री धामीको सम्पर्कमा रहेका जानकारी लिइरहेका थिए।
हिन्दुस्थान समचार/बिशाल
