
नयाँ दिल्ली, 26 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन की बात’- को 107औं संस्करणमा देशवासीहरूलाई संविधान दिवसको बधाई दिए। उनले भने, आजकै दिन मुम्बईमा आतङ्कवादी आक्रमण पनि भएको थियो। यस दिनलाई कहिल्यै भूल्न सकिँदैन। आतङ्कवादीहरूले सारा देशलाई थर्काएका थिए। आज भारतले पूर्ण सामर्थ्यको साथमा आतङ्कवादलाई कुल्चिरहेको छ।
प्रधानमन्त्री मोदीले मुम्बई आक्रमणमा परी ज्यान गुमाउने मानिसहरूलाई श्रद्धाञ्जलि दिए। उनले भने, वीरगति प्राप्त गर्ने जवानहरूलाई देशले आज स्मरण गरिरहेको छ। 26 नोभेम्बर देशको लागि महत्वपूर्ण रहेको अवगत गराउँदै उनले अघि भने, वर्ष 1949- मा आजकै दिन संविधान सभाले भारतको संविधानलाई अङ्गीकार गरेको थियो। यो दिन हाम्रो लागि विशेष महत्वपूर्ण छ।
प्रधानमन्त्री मोदीले भने, वर्ष 2015- मा हामीले बाबा साहेबको 125औं जयन्ती मनाइरहेको बेलामा यो विचार आएको थियो कि 26 नोभेम्बरलाई संविधान दिवसको रूपमा मनाइयोस्, तबदेखि प्रत्येक वर्ष हामीले यस दिनलाई संविधान दिवसको रूपमा मनाउँदै आइरेहका छौं। उनले देशवासीहरूलाई संविधान दिवसको बधाई दिए।
हिन्दुस्थान समाचार/उष्णता
