
नयाँ दिल्ली, 30 दिसम्बर (हि.स.)। भारतले बब्बर खालसा इन्टरनेशनलसित सम्बद्ध ग्याङ्गस्टर लखबीर सिंह लाण्डालाई आतङ्कवादी घोषणा गरेको छ। वर्तमानमा लाण्डा क्यानडाको एडमोन्टन (अल्बर्टा)-मा बसोबास गर्दै आइरहेको छ। भारत सरकारले अवैधानिक गतिविधि अधिनियम अन्तर्गत सो फसेला लिएको हो। लाण्डा पञ्जाबको तरनतारन जिल्लाका बासिन्दा हो। उक्त आशयको जानकारी केन्द्रिय गृहमन्त्रालयले शुक्रवार एक अधिसूचना जारी गरी दिएको छ।
अधिसूचना अनुसार लाण्डाले पाकिस्तानदेखि भारतमा तस्करी गरिने हतियार अनि आईईडी डिभाइसहरूको निगरानी गर्दछ। लाण्डा नै 9 मई, 2022-मा पञ्जाब पुलिसको गुप्तचर मुख्यालयमा भएको रकेट प्रोपेल्ड ग्रेनेड आक्रमणका मास्टर माइण्ड हो। उविरूद्ध पञ्जाब पुलिस अनि एनआईएले मुद्दा दर्ता गराएको छ। उ हाल भारतदेखि भागेर क्यानडमा लुकेर बसेको छ। लाण्डा क्यानडाका खालिस्तान समर्थक तत्वहरूसित पनि जोड़िएको छ।
पञ्जाब पुलिस अनुसार लाण्डाले पञ्जाब सहित देशका विभिन्न भागहरूमा आतङ्कवादी मोड्यूल स्थापना गर्ने गर्दछ। साथै बलजफ्ती असुली, हत्या, विस्फोट, नशालू पदार्थ एवं हतियारहरूको तस्करीमा सामेल छ। लाण्डाविरूद्ध वर्ष 2021-मा लुक आउट सर्कुलर जारी गरिएको थियो। एनआईएले उमाथि इनाम पनि घोषणा गरेको छ।
हिन्दुस्थान समाचार/उष्णता
