लातूर, 12 दिसम्बर (हि.स.)। पूर्व केन्द्रिय गृहमन्त्री एवं कांग्रेस नेता शिवराज पाटिलको आज बिहान लातूरमा उनको आवासमा निधन भयो। 90 वर्षीय पाटिलले आफ्नो घरमा अन्तिम सास लिए। उनी केही समयदेखि अस्वस्थ थिए। उनको परिवारको एक सदस्यले यो जानकारी दिए। उनको जन्म 12 अक्टोबर 1935 मा महाराष्ट्रको लातूर जिल्लाको चाकुर गाउँमा भएको थियो। भारतीय राजनीतिमा एक हस्तीको रूपमा उनलाई संसद, केन्द्र सरकार र राज्य विधानसभाहरूमा धेरै महत्वपूर्ण जिम्मेवारीपूर्ण आफ्नो लामो र प्रतिष्ठित करियरको निम्ति याद गरिन्छ। पाटिलले लोकसभाको 10औं अध्य़क्षको रूपमा कार्य गरे औं सार्वजनिक जीवनमा चार दशकभन्दा अधिक समयसम्म धेरै महत्वपूर्ण पदहरूमा सम्हाले।
पाटिलले 1980 मा राष्ट्रिय राजनीतिमा प्रवेश गरे। उनी पहिलो पटक त्यस वर्ष सातौं लोकसभामा निर्वाचित भए र 2004 सम्म लगातार सात कार्यकालसम्म सदस्य बनिरहे। 1980-1990 को अवधि उनले संसद सदस्यहरूको तलब र भत्ता सम्बन्धी संयुक्त समितिमा सेवा गरे र पछि यसको अध्यक्ष बने। संसदमा उनको कार्यकाल विभिन्न मन्त्रालयहरूमा व्यापक कामको निम्ति चिनिन्छ। उनले रक्षा, वाणिज्य, विज्ञान र प्रौद्योगिकी, आणविक ऊर्जा, इलेक्ट्रोनिक्स, अन्तरिक्ष र महासागर विकास, जैव प्रौद्योगिकी, कार्मिक र प्रशिक्षण, सार्वजनिक गुनासो र पेन्सन, प्रशासनिक सुधार, रक्षा उत्पादन, नागरिक उड्डयन, र पर्यटन लगायत धेरै विभागहरूमा राज्यमन्त्रीको रूपमा काम गरे।
उनले 2004 देखि 2008 सम्म भारतको गृहमन्त्रीको रूपमा सेवा गरे। 26/11 को मुम्बई आतंकवादी हमला पछि, उनले 30 नोभेम्बर 2008 मा सुरक्षा कमजोरीको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए। पाटिलले 2010 देखि 2015 सम्म पञ्जाबका गभर्नर र केन्द्र शासित प्रदेश चण्डीगढ़को प्रशासकको रूपमा काम गरे। राष्ट्रिय राजनीतिमा आउनुअघि पाटिल दुई पटक महाराष्ट्र विधान सभाका सदस्य रहे।
हिन्दुस्थान समाचार / भवानी थामी
