कोलकाता, 10 अक्टोबर (हि.स.)। मध्य प्रदेशमा कथित रूपमा ‘कोल्डरिफ’ कफ सिरफ खाएर धेरै नानीहरू मरेपछि पश्चिम बंगालमा यसको बिक्रीमाथि तत्काल प्रभावदखि रोक लगाइएको छ। बंगाल केमिस्ट्स एण्ड ड्रगिस्ट्स एसोसिएशन (बीसीडीए) ले राज्यका सबै खुदरा र थोक दवाई विक्रेताहरूलाई यस कफ सिरपको खरीद-बिक्री बन्द गर्ने निर्देश जारी गऱ्यो।
बीसीडीएका सचिव पृथ्वी बसुले शुक्रवार बताए, मध्य प्रदेशमा भएको घटनासित सम्बन्धित बैच पश्चिम बंगालमा आएको छैन तर सावधानी अन्तर्गत सबै दवाई विक्रेताहरूलाई यसको स्टक र बिक्रीमा रोक लगाउनु भनिएको छ। यस सम्बन्धमा दवाई विक्रेताहरूको साथ 11 अक्टोबरमा बैठक बोलाइएको छ ताकि यसमाथि अझ् कठोर दिशा-निर्देश दिन सकियोस्।
यो कदम यस्तो समयमा उठाइएको छ जब देशभरिमा बिना पर्चाको पाइने कफ सिरपको गुणवत्तामाथि गम्भीर प्रश्न उठिरहेको छ। ‘कोल्डरिफ’ सिरपको निर्माण तमिलनाडु स्थित एक दवाई कम्पनीद्वारा गरिन्छ, जसको निर्मातालाई नानीहरूको मृत्युपछि पक्राउ गरिएको छ। यस घटनाले पश्चिम बंगाल सहित धेरै राज्यहरूमा भय फैलिएको थियो।
रिपोर्टहरू अनुसार, यस सिरपमा प्रोपाइलीन ग्लाइकोल, ग्लिसरीन र सोर्बिटोल जस्ता रासायनिक तत्व पाइएको छ। पश्चिम बंगाल राज्य औषध नियन्त्रण प्राधिकरणले निर्देश जारी गरेको छ कि यी रासायनिक तत्वहरूको आपूर्ति केवल प्रमाणित विक्रेताबाट नै गरियोस् र यसलाई मान्यता प्राप्त प्रयोगशालाहरूमा जाँचियोस्। परीक्षण रिपोर्ट दवाई नियन्त्रण बोर्डको लाइसेन्सिंग प्राधिकरणलाई सुम्पिनुपर्छ।
यसबीच बाल रोग विशेषज्ञहरूले चेताउनी दिएका छन् कि असली खतरा सिरपमा डाइएथिलीन ग्लाइकोल र एथिलीन ग्लाइकोल जस्ता तत्वहरूको उपस्थितिले हुनसक्छ, जसलाई मिर्गौलालाई गम्भीर नोकसान पुऱ्याउनका लागि चिनिन्छ।
इन्स्टीट्यूट अफ चाइल्ड हेल्थका प्राचार्य डा. जयदेब रोयले भने, यस्तो घटना पहिलो पल्ट घटेको होइन। सतर्कता नै एकमात्र उपाय हो। उनले अभिभावकहरूलाई सुझाउ दिए कि बिना चिकित्सकीय परामर्शको नानीहरूलाई सफ सिरप नदिइयोस्। सिरपको प्रभावले शिशुहरूले प्रायः पात्लो कफ बाहिर निकाल्न सक्दैनन्, जसबाट खतरा बढ्छ। इन्टरनेटबाट जानकारी लिएर दवाईहरू किन्ने प्रवृत्ति धेरै चिन्ताजनक हो।
हिन्दुस्थान समाचार / भवानी थामी
