
राँची, 11 दिसम्बर (हि.स.)। झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले समन जारी गरेको छ। ईडीले उनलाई जाँचबुझको निम्ति 12 दिसम्बरको दिन कार्यालयमा बोलाएको छ। जमीन घोटाला मामिलामा ईडीको टीमले मुख्यमन्त्री हेमन्त सोरेनसित जाँचबुझ गर्नेछ।
यसपूर्व पनि हेमन्त सोरेनलाई समन जारी गरिसकिएको छ, तर उनी गएऩन्। ईडीले मुख्यमन्त्रीलाई छैटौं पटक समन जारी गरेको छ। यसअघि गत 14 अगस्तमा मुख्यमन्त्रीलाई जाँचबुझको लागि ईडी कार्यालयमा बोलाइएको थियो। मुख्यमन्त्रीले पत्र लेखेर ईडी कार्यालयमा जान अस्वीकार गरेका थिए। त्यसपछि ईडीले एकपछि अर्को गर्दै पाँच पटक समन पठाइसक्दा पनि मुख्यमन्त्री उपस्थित भएनन्।
हिन्दुस्थान समाचार/उष्णता
