कोलकाता, 11 दिसम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा मौसममा अचानक परिवर्तन भएको छ। चक्रवात मिचौङको प्रभावले गत हप्ता लगातार पानी परेपछि सोमवार अचानक तापक्रममा पाँच डिग्री सेल्सियसको ह्रास दर्ता गरिएको छ। यसका साथै आज यस मौसमको सबैभन्दा चिसो दिन हो।
मौसम विभाग अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम 15.3 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभऩ्दा एक डिग्री कम हो। मौसममा पहिलो पल्ट तापक्रम लगभग 15 डिग्री सेल्सियस पुगेको छ। अधिकतम तापक्रम पनि सामान्यभन्दा तीन डिग्री तल झरेर 25 डिग्री सेल्सियस पुगेको छ। जसले गर्दा सर्दी बढ़ेको छ।
कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा पनि तापक्रममा व्यापक स्तरमा ह्रास दर्ता गरिएको छ र अधिकतर क्षेत्रहरूमा न्यूनतम तापक्रम 11 डिग्रीदेखि 14 डिग्री सेल्सियसबीच बनेको छ, जसले गर्दा सर्दी बढ़ेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि तापक्रम सामान्यभन्दा तीनदेखि चार डिग्री सेल्सियस तल रहेको छ, जसले गर्दा त्यहाँ अतिनै जाड़ो भइरहेछ।
मौसम विभाग अनुसार, यस पूरा हप्ता पानी पर्ने कुनै सम्भावना छैन। आकाश पनि सफा छ र तापक्रममा ह्रास हुने क्रम जारी रहनेछ, जसले गर्दा अझ् जाड़ो पर्नेछ। साझँ पर्नसाथ कुइरो लागिरहेछ, जसले गर्दा दृश्यता कम भएको छ। वाहन चालकहरूलाई सावधानीले वाहन कुदाउने सुझाउ दिएको छ।
हिन्दुस्थान समाचार/भवानी
