• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > जयपुरको सवाई मानसिंह अस्पतालमा आगलागी, सात जनाको मृत्यु
National

जयपुरको सवाई मानसिंह अस्पतालमा आगलागी, सात जनाको मृत्यु

CliQ INDIA
Last updated: October 6, 2025 11:50 am
CliQ INDIA
Share
4 Min Read
SHARE

जयपुर, अक्टोबर ६ (हि.स.)। राजस्थानको राजधानी जयपुरस्थित सवाई मानसिंह (एसएमएस) अस्पतालको ट्रमा सेन्टरको आईसीयूमा आइतवार राति लागेको आगलागीमा सात जना बिरामीको मृत्यु भएको छ। मृतकमध्ये तीन महिला पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण सर्ट सर्किट भएको बताइएको छ। मुख्यमन्त्री भजनलाल शर्माले ट्रमा सेन्टरमा आगलागीको घटनालाई अत्यन्त दुर्भाग्यपूर्ण बताएका छन्। पूर्व मुख्यमन्त्री अशोक गहलोतले राज्य सरकारले घटनाको उच्चस्तरीय छानबिन गर्न माग गरेका छन्।

अधिकारीहरूका अनुसार, आइतवार राति करिब ११ बजेर २० मिनेटमा ट्रमा सेन्टरको न्युरो आईसीयू वार्डको स्टोर रूममा आगलागी सुरु भएको थियो। स्टोरमा कागज, चिकित्सकीय उपकरण र रगतका नमुना ट्युबहरू राखिएका थिए। केही क्षणमै आगोले आईसीयूलाई आफ्नो चपेटामा लियो र पूरै वार्ड धुवाँले भरियो।

फायर विभागका कर्मचारी अवधेश पाण्डे अनुसार, अलार्म बज्ने बित्तिकै टोली स्थलमा पुगेको थियो तर अत्यधिक धुवाँका कारण भित्र पस्न सम्भव थिएन। टोलीले भवनको अर्काेतर्फका सिसा फुटाएर पानी छर्किएको र करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको बताइएको छ। सबै बिरामीलाई बेडसहित सडकमा सारिएको थियो।

भरतपुरका बासिन्दा शेरूका अनुसार, आगो लाग्नुभन्दा करिब २० मिनेटअघि नै वार्डमा धुवाँ देखिन थालिएको थियो। उनले स्टाफलाई जानकारी दिए पनि कसैले ध्यान दिएन। केही बेरपछि प्लास्टिकका ट्युबहरू पग्लिन थाले र वार्ड ब्वायहरू बाहिर निस्किए। उनले आफ्नो बिरामीलाई आफैं बाहिर निकालेका थिए तर दुई घण्टापछि मात्र उनलाई ग्राउण्ड फ्लोरमा सारिएको बताए।

मृतकहरूको पहिचान यस प्रकार छ — पिन्टु (सीकर), दिलीप (आन्धी, जयपुर), श्रीनाथ (भरतपुर), रुक्मणी (भरतपुर), कुशमा (भरतपुर), सर्वेश (आग्रा, उत्तर प्रदेश) र बहादुर (सांगानेर, जयपुर)।

ट्रमा सेन्टरका नोडल अधिकारी डा. अनुराग धाकडका अनुसार, आगो लागेको आईसीयूमा ११ जना बिरामी भर्ना थिए। तीमध्ये छ जनाको घटनास्थलमै मृत्यु भयो। आईसीयूमा ग्लास वर्क भएको कारण धुवाँ र विषालु ग्यास बाहिर निस्कन सकेन र ग्यास छिट्टै फैलिँदा बिरामीहरूको सास फेर्न नसकी मृत्यु भयो। अस्पतालमा आफ्नै अग्निनियन्त्रण उपकरण भए पनि विषालु ग्यासका कारण स्टाफ पटक–पटक बाहिर आउन बाध्य भयो जसले उद्धार कार्यमा ढिलाइ गरायो। प्रारम्भिक अनुसन्धानमा सर्ट सर्किटलाई नै मुख्य कारण मानिएको छ र विस्तृत छानबिनका लागि समिति गठन गरिएको छ।

ट्रमा सेन्टरका उपाधीक्षक डा. जगदीश मोदीका अनुसार, आगो लाग्ने बित्तिकै ड्युटीमा रहेका चिकित्सक र नर्सहरूले बिरामीहरूलाई बाहिर निकाल्न थालेका थिए। तर धुवाँले वार्डभर त्रास फैलियो र अटेन्डेन्टहरू पनि आफ्ना बिरामी लिएर बाहिर भागे। पछि सबै बिरामीलाई अन्य आईसीयू वार्डमा सारेर अवलोकनमा राखिएको छ।

गृह राज्यमन्त्री जवाहर सिंह घटनास्थल पुगेका बेला मृतकका परिवारजनहरूले आक्रोश व्यक्त गरे। तिनीहरूले आरोप लगाए कि समयमै जानकारी दिए पनि अस्पताल स्टाफले लापरवाही गरे र घटनास्थलबाट भागे।

मुख्यमन्त्री भजनलाल शर्माले अस्पताल पुगेर चिकित्सक तथा अधिकारीहरूसँग जानकारी लिए र तत्काल राहत कार्य सुनिश्चित गर्न निर्देशन दिए। उनले भने, राज्य सरकारले प्रभावित परिवारहरूसँग छ र उनीहरूलाई सबै सम्भव सहयोग पुर्‍याइनेछ।

पूर्व मुख्यमन्त्री अशोक गहलोतले एक्समा लेखे, “एसएमएस अस्पतालको ट्रमा सेन्टरको आईसीयूमा आगलागी भएर ७ जनाको मृत्यु भएको घटनाले मलाई निकै दुःखी बनाएको छ। म भगवानसँग प्रार्थना गर्छु कि यस दुर्घटनामा जनहानि कम होस्। दिवंगत आत्माहरूलाई शान्ति मिलोस् र घाइतेहरू छिट्टै निको होऊन्। राज्य सरकारले यस घटनाको उच्चस्तरीय छानबिन गरी भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन पक्का गर्नुपर्छ।”

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

भाजपाले छत्तीसगढ़को कङ्ग्रेस सरकारलाई घेऱ्यो, चुनाउमा घूसको पैसा प्रयोगमाथि स्मृति ईरानीको प्रश्न
छत्तीसगढ़ दौड़ाहको झल्कीहरू साझा गरी प्रधानमन्त्रीले जनताको उत्साहको निम्ति आभार व्यक्त गरे
अरुणाचल प्रदेशमा भुइॅचालोले हल्लियो धरती
मणिपुरः अलग-अलग अभियानहरूमा 5 उग्रवादी पक्राउ
मणिपुरमा सुरक्षा बलहरूको अभियानमा पाँच उग्रवादी पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article टेन्ट कर्मीको करेन्टको चपेटमा परी मृत्यु
Next Article असमका मुख्यमन्त्री डा.सरमाले लक्ष्मी पूजाको दिए शुभकामना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?