
-सुरक्षाको कड़ा प्रबन्ध, एक लाख सुरक्षाकर्मीहरूको तैनाथी
रायपुर/सुकमा, 7 नोभेम्बर (हि.स.)। छत्तीसगढ़ विधानसभा चुनाउको पहिलो चरणको मतदानमाझ सुकमा जिल्लाको कोंट विधानसभा क्षेत्रमा नक्सलीहरूले बिछाएको आईईडीको चपेटमा परी सीआरपीएफ जवान घाइते भएका छन् जसलाई अस्पतालमा भर्ती गरिएको छ। पहिलो चरणमा राज्यका 20 सीटमा मतदान भएको छ जसमध्ये 10 सीटमा बिहान 7 बजे र 10 सीटमा बिहान 8 बजेदेखि मतदान शुरू भयो। मतदान बहिष्कार औ नक्सली खतरलाई मध्यनजर गर्दै सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ।
एसपी किरण चव्हाण अनुसार मङ्गलवार बिहान मतदानको सुरक्षाको लागि कोबरा 206 एवं सीआरपीएफका जवानहरू क्याम्प तोंडामारकादेखि एरिया डमिनेशन अभियान अन्तर्गत एल्मागुँडा गाउँ तर्फ हिँड़ेका थिए। यसै अवधि पेट्रोलिङ्गको क्रममा कोबरा 206-का जवान निरीक्षक श्रीकान्तको कदम नक्सलीहरूद्वारा बिछाइएको आईईडीमा परेर विस्फोट भयो। घाइते जवानको प्राथमिक उपचार भइरहेको छ जसको अवस्था खतरादेखि बाहिर छ।
अर्कोतिर 90 विधानसभा सीट भएको छत्तीसगढ़ विधानसभा चुनाउको लागि प्रथम चरणमा 20 सीटमा मतदान भएको छ। यी 20 सीटहरूमा 223 उम्मेद्वारहरूले प्रतिस्पर्धा गरिरहेका छन् भने 40,78,681 मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेर यिनीहरूको भाग्यको फसेला गर्नेछन्। अत्यन्त संवेदनशील बस्तर सम्भाग सहित मतदान भइरहेको क्षेत्रहरूमा सुरक्षाको कठोर बन्दोबस्त गरिएको छ। यी क्षेत्रहरूमा एक लाख सुरक्षाकर्मीहरूलाई तैनाथ गरिएको छ। दोस्रो चरणको मतदान आगामी 17 नोभेम्बरमा 70 सीटहरूमा हुनेछ।
हिन्दुस्थान समाचार/उष्णता
