नयॉं दिल्ली, 05 दिसम्बर (हि.स.)। चन्द्रयान 3 ले आज एकपल्ट फेरि ठूलो उपलब्धी हासिल गरेको छ। इसरोले एक अद्वितीय प्रयोग अन्तर्गत चन्द्रमाको कक्षामा चक्कर लगाइरहेको चन्द्रयान-3 को प्रोपल्शन मड्यूल (पीएम) लाई पृथ्वीको कक्षामा फर्काएर ल्याएको छ।
इसरोले मंगलवार एक्समा खुशी साझा गर्दै भनेको छ, एक अद्वितीय प्रयोगमा चन्द्रयान-3 को प्रोपल्शन (पीएम) लाई चन्द्र कक्षाबाट पृथ्वीको कक्षामा ल्याइएको छ। प्रोपल्शन मड्यूल यसको निम्ति रिटर्न मेनुवर अर्थात फर्काउने प्रक्रिया गरियो।
इसरो अनुसार, 10 नोभेम्बरमा प्रोपल्शन मड्यूलले चन्द्रमाबाट पृथ्वीमा फर्किने यात्रा शुरू गऱ्यो। 22 नोभेम्बरमा यान धरतीको निकटतम बिन्दु (पेरिगी) बाट भएर पार भयो। यो प्रयोग चन्द्रमाबाट नमूना लिएर आउने मिशन (स्याम्पल रिटर्न मिशन) लाई ध्यानमा राख्दै गरिएको हो।
प्रोपल्शन मड्यूल जुन पहिला चन्द्रमाको 150 किमीको कक्षामा चक्कर लगाइरहेको थियो अब पृथ्वीको कक्षामा छ। इसरो अनुसार, यो प्रोपल्शन मड्यूल चन्द्रमाको कक्षामा केवल तीन महिनासम्म रहनु थियो। तर, इसरोले इन्धनको उपयोग गरेर प्रोपल्शन मड्यूललाई फेरि पृथ्वीको कक्षामा ल्याउने निर्णय लियो ताकि स्याम्पल रिटर्न मिशनको निम्ति महत्वपूर्ण जानकारीहरू जुटाउन सकियोस्।
उल्लेखनीय छ, चन्द्रयान-3 मिशनलाई 14 जुलाई, 2023 मा श्री हरिकोटाबाट प्रक्षेपित गरिएको थियो। चन्द्रयान-3 मिशनको उद्देश्य चन्द्रमाको दक्षिण ध्रुवी क्षेत्रको छेउ एउटा सफ्ट ल्याण्डिङ गर्नु र विक्रम ल्याण्डर र प्रज्ञान रोवरको माध्यमद्वारा चन्द्रमाको सतहमा रहेका खनीजको पत्तो लगाउनु थियो।
23 अगस्तमा चन्द्रयान-3 ले चन्द्रमाको धरतीमा सफल सफ्ट ल्याण्डिङ गऱ्यो। त्यसपछि 10 दिनसम्म विक्रम ल्याण्डर र प्रज्ञान रोवरले जानकारीहरू एकत्रित गरे। जसपछि स्लीप मोडमा राखिएको थियो।
हिन्दुस्थान समाचार/बिशाल
