
नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। कङ्ग्रेस पार्टीले आइतवार तेलङ्गाना विधानसभा चुनाउको लागि 55 विधानसभा सीटमा आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ।
कङ्ग्रेसले तेलङ्गाना कङ्ग्रेस अध्यक्ष रेवन्त रेड्डीलाई कोडङ्गल विधानसभा क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ भने नलगोङ्डा विधानसभा सीटबाट कोमाटिरेड्डी भेङ्कट रेड्डीलाई मैदानमा उतारेको छ। कङ्ग्रेस नेता एन उत्तम कुमार रेड्डीलाई हुजुरनगरबाट अनि कोमाटिरेड्डी भेङ्कट रेड्डीलाई नलगोङ्डा विधानसभा क्षेत्रबाट कङ्ग्रेसले उम्मेदवार बनाएको छ।
उल्लेखनीय छ, तेलङ्गानामा मोठ 119 विधानसभा सीट छ। यहाँ 30 नोभेम्बरको दिन मतदान हुनेछ भने चुनाउ परिणाम 3 दिसम्बरमा घोषणा हुनेछ।
हिन्दुस्थान समाचार/उष्णता
