• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > राहुल गाँधीको आरोप– हरियाणामा २५ लाख नक्कली मतदाता बनाएर खोसियो काँग्रेसको जित, अब बिहारमा पनि भइरहेको छ षड्यन्त्र
National

राहुल गाँधीको आरोप– हरियाणामा २५ लाख नक्कली मतदाता बनाएर खोसियो काँग्रेसको जित, अब बिहारमा पनि भइरहेको छ षड्यन्त्र

CliQ INDIA
Last updated: November 6, 2025 3:10 am
CliQ INDIA
Share
3 Min Read
SHARE

नयाँ दिल्ली, 5 नोभेम्बर (हि.स.)। भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष र लोकसभा विपक्षका नेता राहुल गाँधीले बुधबार नयाँ दिल्लीको इन्दिरा भवनमा आयोजित ‘एच फाइल्स’ नामक पत्रकार सम्मेलनमा हरियाणा निर्वाचनमा ठूलो मात्रामा मत चोरी भएको गम्भीर आरोप लगाएका छन्। उनले हरियाणामा भएको घटना अब बिहारमा पनि दोहोरिन सक्ने आशंका व्यक्त गरेका छन्।

यो पत्रकार सम्मेलन यस्तो समयमा गरिएको हो, जब बिहिबार बिहारमा पहिलो चरणअन्तर्गत १२१ विधानसभा क्षेत्रका लागि मतदान हुने तय छ।

राहुल गाँधीले आरोप लगाउॅंदै भने, हरियाणामा करिब २५ लाख नक्कली मतदाता बनाइएका छन्, जुन ‘सङ्गठित मत चोरी’ को उदाहरण हो। यो कार्य कुनै स्थानीय स्तरमा होइन, उच्च राजनीतिक तहमा नियोजित रूपमा गरिएको हो। उनले भने, हरियाणामा कुल करिब दुई करोड मतदाता छन्, जसमा प्रत्येक आठौँ मतदाता फर्जी छ।

उनले प्रस्तुत गरेका तथ्याङ्क अनुसार, हरियाणामा २५,४१,१४४ नक्कली मतदाता छन्, जसमा ५,२१,६१९ दोहोरो नाम, ९३,१७४ अमान्य ठेगाना, र १९,२६,३५१ सामूहिक (बल्क) मतदाता समावेश छन्। साथै फारम-६ (नाम थप्ने) र फारम-७ (नाम हटाउने) को पनि ठूलो स्तरमा दुरुपयोग भएको उनले बताए। निर्वाचन आयोगले अहिले यी तथ्याङ्क सार्वजनिक हुन नदिएको उनले आरोप लगाएका छन्।

राहुल गाँधीका अनुसार, यति ठूलो मत चोरी हुँदा पनि काँग्रेस पार्टी केवल २२,७७९ मतले मात्र हारेको थियो। निर्वाचन परिणाम पूर्वनियोजित रूपमा प्रभावित गरियो।

पत्रकार सम्मेलनमा उनले ब्राजिलकी एक मोडेलको फोटो देखाउँदै भने, सोही तस्वीरलाई हरियाणाका विभिन्न मतदान केन्द्रहरूमा २२ पटक फरक-फरक नामबाट प्रयोग गरिएको थियो। उनका अनुसार, ती मोडेल कहिले ‘सीमा’, कहिले ‘सरस्वती’ र कहिले ‘स्वीटी’ नामले मतदाता सूचीमा दर्ता छिन्।

गाँधीले भने, हरियाणाका दुई बूथमा एउटै महिलाको फोटो २२३ पटक दोहोरिएको थियो। ‘शशांक गिरी’ नामक व्यक्तिले बूथ नम्बर ४३१ र ५०८ मा १४ पटक मतदान गरे भने ‘रुद्राभिषेक जैन’ र ‘नमन जैन’ नामका दुई दाजुभाइले बूथ १३० र १३१ मा १८ पटक मतदान गरे। उनका अनुसार, निर्वाचन आयोगले चाहे भने एउटै फोटो वा ठेगाना भएका सबै नक्कली मतदाताहरू सजिलै पत्ता लगाउन सक्छ, तर यस्तो कार्य गरिएको छैन।

राहुल गाँधीले पत्रकार सम्मेलनमा हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीको भिडियो पनि देखाए, जसमा सैनीले परिणाम आउनु अघि नै भनिरहेका छन् कि “बीजेपीले एकतर्फी सरकार बनाउँदै छ।” गाँधीले यसलाई “साजिशको प्रमाण” भनेका छन्। उनले थपे, काँग्रेसका उम्मेदवारहरूलाई लगातार मतदाता सूचीमा अनियमितता भएको उजुरी प्राप्त भइरहेको थियो।

राहुल गाँधीले भने, “पहिलो पटक यस्तो भयो कि पोस्टल ब्यालट र अन्तिम नतिजा बीच ठूलो अन्तर देखियो। जब हामीले जाँच गर्‍यौं, तब थाहा भयो कि युवाहरूको भविष्य चोरिएको छ।” उनका अनुसार, अहिले यही ढाँचा बिहारमा पनि देखिँदैछ। उनले केही मतदाताहरूलाई मञ्चमा बोलाएर देखाए, उनीहरू र उनका परिवारका नाम अनावश्यक रूपमा मतदाता सूचीबाट काटिएका छन्। राहुल गाँधीले अन्त्यमा भने, “अब भारतमा जेन–जे र युवाहरू नै सत्य र अहिंसाको बाटो अपनाएर लोकतन्त्र बचाउन सक्षम छन्।”

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

उत्तराखण्डको चमोली जिल्लामा बादल फाट्यो, सात जना बेपत्ता, दुईलाई बचाइयो
इतिहासको पानामा 22 अक्टोबरः भारतले चन्द्रमाको निम्ति भऱ्यो उड़ान | BulletsIn
मतदाता सूचीमा दुई पाकिस्तानी महिलाहरूको नाम, गृह मन्त्रालयले नाम हटाउने निर्देश दियो
भेनेजुएलाको घटनाक्रममा भारतले व्यक्त गऱ्यो गहिरो चिन्ता, शान्तिपूर्ण तरीकाले मुद्दाहरू सुल्झाउने अपील
उपराष्ट्रपतिले राष्ट्रपतिसित भेट गरी नव वर्षको शुभकामना दिए | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article पश्चिम मेदिनीपुरको नदी तटमा श्रद्धालुहरूको भीड़, पञ्चव्रत रास पूर्णिमामा उर्लियो आस्थाको भेल
Next Article पूर्व मेदिनीपुरको रामनगरमा गृहणीको शंकास्पद परिस्थितिमा मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?