नयॉं दिल्ली, 19 जनवरी (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़ भोलि, शनिवार छत्तीसगढको राजधानी रायपुर जानेछन्। प्रशासन अनुसार, उपराष्ट्रपति बिहान 9:30 बजी राजधानी पुग्नेछन्।
रायपुरको स्वामी विवेकानन्द एयरपोर्टबाट उनी सोझै राजभवन प्रस्थान हुनेछन्। बिहान 10:40 बजी इन्दिरा गान्धी कृषि विश्वविद्यालयको स्थापना दिवस समारोह कार्यक्रममा सामेल हुनेछन्। यसैगरी, सॉंझ 4:15 बजी विधानसभाको प्रबोधन कार्यक्रममा सामेल हुनेछन्। सॉंझ 6 बजी उनी दिल्ली फर्किने छन्।
हिन्दुस्थान समाचार/बिशाल
