• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानाहरूमा २७ अक्टोबर : भारतका दशौं राष्ट्रपति के.आर. नारायणनको जन्म
National

इतिहासका पानाहरूमा २७ अक्टोबर : भारतका दशौं राष्ट्रपति के.आर. नारायणनको जन्म

CliQ INDIA
Last updated: October 26, 2025 11:27 am
CliQ INDIA
Share
4 Min Read
SHARE

सन् १९२० मा भारतका दशौं राष्ट्रपति कोचेरिल रमण नारायणन (के. आर. नारायणन) को जन्म भएको थियो। राजनीतिमा प्रवेश गर्नुभन्दा अघि उनले भारतीय परराष्ट्र सेवामा कार्य गरेका थिए र सफल राजनयिकका रूपमा धेरै देशहरूमा भारतको प्रतिनिधित्व गरेका थिए। पछि उनले राजनीतिमा प्रवेश गरे र उपराष्ट्रपति बनेपछि सन् १९९७ मा भारतका राष्ट्रपति बने। उनले २५ जुलाई, १९९७ देखि २५ जुलाई, २००२ सम्म राष्ट्रपति पद सम्हाले।

नारायणन आफ्नो सरल जीवनशैली, इमानदारी र संवैधानिक मूल्यप्रतिको समर्पणका लागि परिचित थिए। आफ्नो कार्यकालमा उनले लोकतन्त्र र सामाजिक समानतालाई सुदृढ गर्न जोड दिए। राष्ट्रपति रहँदा उनले यो पनि प्रमाणित गरे कि भारतको सर्वोच्च पद सामाजिक पृष्ठभूमिबाट परे सबैका लागि उपलब्ध छ। सन् २००५ मा उनको निधन भयो तर आज पनि उनी एक आदर्श जनसेवक र प्रेरणादायी व्यक्तित्वका रूपमा सम्झना गरिन्छन्।

महत्त्वपूर्ण घटनाक्रम

१६७६ – पोल्याण्ड र टर्कीले वार्सा सन्धीमा हस्ताक्षर गरे।

१७९५ – अमेरिका र स्पेनले सैन लोरेंजो सन्धीमा हस्ताक्षर गरे।

१८०६ – फ्रान्सको सेना बर्लिन प्रवेश गर्‍यो।

१९४७ – जम्मु–काश्मीरका राजा हरि सिंहले जम्मु–काश्मीरलाई भारतमा विलय गर्ने निर्णय स्वीकारे।

१९५९ – पश्चिमी मेक्सिकोमा आएको चक्रवातीय तूफानमा कम्तीमा २००० मानिसको मृत्यु।

१९६८ – मेक्सिको सिटीमा १९औं ओलम्पिक खेलहरूको समापन।

१९७८ – मिस्रका राष्ट्रपति अन्वर सादात र इजरायलका प्रधानमन्त्री मेनाचेम बेगिनलाई नोबेल शान्ति पुरस्कारका लागि चयन।

१९९५ – युक्रेनको चेर्नोबिल आणविक संयन्त्र सुरक्षागत कमजोरीका कारण पूर्ण रूपमा बन्द गरियो।

१९९७ – एडिनबर्ग (स्कटल्याण्ड) मा राष्ट्रकुल शिखर सम्मेलन सम्पन्न।

२००३ – चीनमा आएको भूकम्पबाट ५०,००० भन्दा बढी प्रभावित, बगदादमा बम विस्फोटबाट ४० जनाको मृत्यु।

२००४ – चीनले विशाल क्रेन निर्माण गर्‍यो; फ्रान्सका विदेशमन्त्री माइकल वार्नियर दुई दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगे।

२००८ – भारत सरकारले पत्रपत्रिका उद्योगका पत्रकार र गैर–पत्रकारहरूका लागि अन्तरिम राहतको अधिसूचना जारी गर्‍यो।

जन्म

१८११ – आइज्याक मेरिट सिङ्गर – सिलाइ मेसिनका आविष्कारक।

१९०४ – जतिन्द्रनाथ दास – भारतका प्रसिद्ध क्रान्तिकारी।

१९२० – के. आर. नारायणन – भारतका दशौं राष्ट्रपति।

१९२८ – दत्ताजी राव गायकवाड – भारतीय क्रिकेटर।

१९४५ – लुइज इनासियो लुला दा सिल्भा – ब्राजिलका पैंतीसौं राष्ट्रपति।

१९५० – श्रीवत्स गोस्वामी – वैष्णव विद्वान र श्री चैतन्य प्रेम संस्थान, वृन्दावनका निर्देशक।

१९६६ – दिब्येन्दु बरुआ – भारतका दोस्रो ग्रान्डमास्टर शतरञ्ज खेलाडी।

१९८४ – इरफान पठान – भारतका प्रतिभाशाली सर्वगुण सम्पन्न (अल–राउन्डर) क्रिकेटर।

निधन

१६०५ – अकबर – मुगल शासक।

१९०७ – ब्रह्मबन्धव उपाध्याय – भारतीय स्वतन्त्रता सेनानी।

१९४२ – सत्येन्द्रचन्द्र मित्र – कुशल राजनीतिज्ञ तथा स्वतन्त्रता सेनानी।

१९४७ – दीवान रञ्जित राय – ‘महावीर चक्र’ सम्मानित भारतीय सैनिक अधिकारी।

१९४७ – ब्रिगेडियर राजेन्द्रसिंह – ‘महावीर चक्र’ सम्मानित भारतीय सैनिक अधिकारी।

१९५३ – टी.एस.एस. राजन – स्वतन्त्रता सङ्ग्राममा सहभागी प्रमुख भारतीय।

१९७४ – रामानुजम – महान् भारतीय गणितज्ञ।

१९७७ – एस.एम. श्रीनागेश – भारतीय स्थल सेनाका तेस्रो प्रमुख।

१९८२ – प्यारेलाल – महात्मा गान्धीका निजी सचिव।

१९८७ – विजय मर्चेन्ट – महान् भारतीय क्रिकेटर, डन ब्र्याडम्यानका समकालीन।

१९९९ – डा. नागेन्द्र – प्रसिद्ध हिन्दी साहित्यकार।

२००१ – प्रदीप कुमार – हिन्दी फिल्मका प्रसिद्ध अभिनेता।

२००३ – बी.बी. लिङ्दोह – मेघालयका तेस्रो मुख्यमन्त्री, तीन पटक मुख्यमन्त्री बने।

२०१८ – मदनलाल खुराना – दिल्लीका पूर्व मुख्यमन्त्री।

महत्त्वपूर्ण अवसर

विश्व दृश्य–श्रव्य सम्पदा दिवस (२०१०)

विश्व व्यावसायिक चिकित्सा दिवस

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

प्रधानमन्त्री मोदी र मिस्रका राष्ट्रपतिले आतङ्कवादमाथि चिन्ता व्यक्त गरे
अमेरिकी विमान दुर्घटनामा प्रधानमन्त्री मोदीद्वारा दु:ख प्रकट | BulletsIn
प्रधानमन्त्री मोदीले पण्डित नेहरूलाई जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे
लाल किला नजिकै भएको कार विस्फोटमा आतङ्कवादी हमलाको संकेत
इतिहासको पानामा 16 अक्टोबरः 1968 मा हरगोविन्द खुरानालाई चिकित्साको क्षेत्रमा नोबेल पुरस्कार प्रदान गरियो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नाबालिकको माध्यमबाट सुन तस्करी गर्ने चेष्टा
Next Article पुलिसले पोटोम विरुद्ध जारी गऱ्यो लुकआउट नोटिस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?