
– प्रसादका 81 कलशहरूमा रहेका विविध औषधियुक्त जलद्वारा स्नपन
– प्रमुख आचार्यद्वारा रामजन्मभूमिमा रामललाको प्राण प्रतिष्ठा समारोहको पाँचौं दिन
अयोध्या, 20 जनवरी (हि.स.)। श्री रामजन्मभूमिस्थित श्रीराम प्रतिष्ठा कार्य अन्तर्गत शनिवार नित्य पूजन, हवन, पारायण आदि कार्यको वैदिक आचार्यहरूले पूजा शुरू गरेका छन्। प्रातः पूजामा प्रातः शर्कराधिवास, फलाधिवास, प्रासादका 81 वटा कलशहरूमा रहेका विविध औषधियुक्त जलद्वारा स्नपन भइरहेको छ। प्रसादको अधिवासन, पिण्डिका अधिवासन, पुष्पाधिवास पनि भइरहेको छ। अनुष्ठानको समापन सन्ध्याकालिक पूजन अनि अरतीबाट हुनेछ।
श्री रामजन्मभूमि तिर्थ क्षेत्र ट्रष्टले बताए अनुसार अनुष्ठान अन्तर्गत अहिलेसम्ममा नवीन मन्दिरको ईशान कोणमा बनाइएको यज्ञ मण्डप अनि नवीन राम मन्दिरमा शुक्रवार अरणिद्वारा प्रकटित अग्निका नवकुण्डहरूमा स्थापना गरिसकिएको छ। अब यसमा सपरिवार रामजीको स्थापना अनि पूजा शुरू गर्न बाँकी छ। मण्डपमा राजा श्रीरामभद्रको रचना अत्यन्त आकर्षक भएको छ। गए शुक्रवार हवनको कार्य अत्यन्त भव्य रूपमा सम्पन्न भएको थियो।
हाल समारोह स्थलमा अनुष्ठानमा सामेल आचार्य, प्रमुख पण्डित सहित श्रीराम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अनुष्ठानका यजमान एवं ट्रष्टका सदस्य डा. अनिल मिश्रा, विहिप संरक्षक दिनेश, शरद शर्मा एवं अन्य ट्रष्टसित सम्बन्धित मानिसहरू उपस्थित छन्। अनुष्ठानको पूजा कार्यक्रमलाई ट्रष्टको सोशल मीडिया प्लेटफर्म फेसबुक मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
